पलेशालाई एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक | Khabarhub Khabarhub

पलेशालाई एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छन् ।

मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कास्य पदक प्राप्त गरेकी प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

मलेसियामा जुलाइ २४ देखि अगष्त १ तारिखसम्म भएको सो प्रतियोगितामा नेपालबाट पुरुष ५८ किलोमुनिको तौल समूहमा भरतसिंह महता र ६३ किलोमुनिको तौल समूहमा अमिर भ्लोन तथा महिला ४७ किलोमुनिको तौल समूहमा कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए ।

उक्त टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका थिए । रासस

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : १७ बजे

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको

बागलुङका १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटियो

बागलुङ– बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ

रेडक्रसको समस्या समाधान गर्न विधान संशोधन गरिने

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान

माओवादी स्थायी समिति बैठक बस्दै, कसरी प्रस्तुत होलान् उपमहासचिव शर्मा ?

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शनिबार) पनि

रोहित र विराटपछि संकटको सामना गर्दै गिल नेतृत्वको भारत

धेरै चोटका कारण स्टार बलर जसप्रित बुमराह विगतको झैँ उपस्थिति