‘एमाले फुटाउनेहरू पश्‍चाताप गर्न थाले, पार्टी चलाउन सकिँदैन भन्‍न थाले’ « Khabarhub

‘एमाले फुटाउनेहरू पश्‍चाताप गर्न थाले, पार्टी चलाउन सकिँदैन भन्‍न थाले’


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विभाजनका कारण आफूहरू दोस्रो पार्टी बन्नु परेको बताएका छन् ।

उनले एमाले जनताको रोजाइको पहिलो पार्टी भए पनि परिणामको हिसाबले नेपाली कांग्रसपछि दोस्रो पार्टी बन्नु पुगेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले विभाजन गर्ने नेताहरू पश्चात्तापमा छटपटाइरहेका बताए ।

‘जुन नेताहरूले हिजो एमाले विभाजन गरेर वैकल्पिक पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज उहाँहरूमा निराशा र हतासा देखिन्छ’, उनले भने, ‘केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनिरहनु भएको छ । कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन माओवादीसँग एकता गर्नुपर्छ भन्ने प्रस्ताव गर्नुभएको छ ।’

पार्टी फुटाउन कार्यकर्तालाई उत्तेजित पार्नेहरू अभियानमा उनीहरू असफल भएका पोखरेलले बताए। उनले अब असफल नेतृत्वका पछाडि लागि रहनु उचित नहुने बताए । ‘कार्यकर्ताहरू अब आफ्नै घर फर्कनु पर्दछ’, पोखरेलले भने ।

बिहीबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले फुटाएकोमा पछुतो व्यक्त गरेका थिए । उनको यो भनाइ आएपछि अध्यक्ष माधवकुमार नेपालले शुक्रबार पार्टीबाट निस्केर जान चेतावनी दिएका छन् ।

उनले एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गरे । नेताहरू हतास भएर हिँडेका बेलो कार्यकर्ताहरू सही बाटोमा हिँड्नु पर्नेमा पोखरेलले जोड दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ३१ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि