माओवादीले लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो सातापछि सुरु गर्ने | Khabarhub Khabarhub

माओवादीले लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो सातापछि सुरु गर्ने


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो सातापछि पुन सुरु गर्ने तयारी गरेको छ ।  

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भाद्र दोस्रो सातापछि लमजुङबाट पुन सुरु गर्ने प्रस्ताव गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । 

बैठकमा अध्यक्ष प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय कमिटीका बारेमा जानकारी गराएको पोखरेलले बताए । 

पार्टीको केन्द्रीय कमिटी बैठक दशैँ र तिहारको बीचमा बस्ने प्रस्ताव आएको उनले जानकारी दिए । 

बैठकका केन्द्रीय पदाधिकारीले रिर्पोटिङ गरेपछि स्थायी कमिटी सदस्यहरूले शनिबारबाट धारणा राख्ने क्रम सुरु हुने पोखरेलले उल्लेख गरे । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ३८ बजे

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको

बागलुङका १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटियो

बागलुङ– बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ

रेडक्रसको समस्या समाधान गर्न विधान संशोधन गरिने

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान

माओवादी स्थायी समिति बैठक बस्दै, कसरी प्रस्तुत होलान् उपमहासचिव शर्मा ?

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शनिबार) पनि

रोहित र विराटपछि संकटको सामना गर्दै गिल नेतृत्वको भारत

धेरै चोटका कारण स्टार बलर जसप्रित बुमराह विगतको झैँ उपस्थिति