पर्यटन विकासमा होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण : मन्त्री पाण्डे | Khabarhub Khabarhub

पर्यटन विकासमा होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण : मन्त्री पाण्डे


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका निम्ति होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । 

एकता होटल तथा गेष्टहाउस व्यवसायी सङ्घको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा र आतिथ्य संस्कारको माध्यमबाट पर्यटकलाई आकर्षण गर्नुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्री पाण्डेले भने, ‘होटल व्यवसायमा पाहुनालाई शिष्टाचार कस्तो दिइन्छ, व्यवहार र सेवा सत्कार कस्तो छ, त्यसैमा पर्यटक निर्भर हुन्छन् । प्रकृति र संस्कृतिको विविधतालाई पर्यटनसँगै जोडेर लैजानुपर्छ ।’

उनले पर्वतारोहणका लागि नेपालभन्दा उत्तम अर्को गन्तव्य नरहेको बताउँदै साहसिक, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनमा जोड दिए । 

पर्यटनमन्त्री पाण्डेले सरकार नीतिगत सुधार गरी निजी क्षेत्रसँगको साझेदारितालाई बलियो बनाएर पर्यटन विकासमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले नेपालको परम्परागत खाना संस्कृतिको प्रवर्द्धन गर्दै मौलिक ढङ्गले पर्यटन प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । 

सङ्घका अध्यक्ष सरोज आलेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एक ढिक्का भएर व्यावसायिक समृद्धिका लागि अघि बढ्न अपिल गरे । अधिवेशनले सङ्घको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ४८ बजे

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको

बागलुङका १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटियो

बागलुङ– बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ

रेडक्रसको समस्या समाधान गर्न विधान संशोधन गरिने

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान

माओवादी स्थायी समिति बैठक बस्दै, कसरी प्रस्तुत होलान् उपमहासचिव शर्मा ?

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शनिबार) पनि

रोहित र विराटपछि संकटको सामना गर्दै गिल नेतृत्वको भारत

धेरै चोटका कारण स्टार बलर जसप्रित बुमराह विगतको झैँ उपस्थिति