जनार्दनलाई प्रचण्डले भने- बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपमा बोल्दै हिँड्नु राम्रो होइन « Khabarhub

जनार्दनलाई प्रचण्डले भने- बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपमा बोल्दै हिँड्नु राम्रो होइन


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुई लाइन संघर्ष चलाइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारको स्थायी कमिटी बैठकमा सार्वजनिक रुपमा बोल्दै हिँड्नु ठिक नभएको बताएका छन् ।

आफूविरुद्ध उपमहासचिव शर्मा चलाइरहेको दुई लाइन संघर्षकाबारेमा बोल्दै दाहालले सार्वजनिक रुपमा गरिएका आलोचना र टिप्पणीलाई गलत भनेका हुन् ।

पार्टीभित्रकै बैठक र बन्द कोठामा सीमित वैचारिक मतभेद अब सामाजिक सञ्जालमार्फत् खुला रुपमा प्रकट हुन थालेपछि प्रचण्डको यो भनाइ आएको हो ।

‘स्थायी समिति बैठकमा उपमहासचिव शर्मालाई इंगित गर्दै अध्यक्ष प्रचण्डले बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपममा बोल्दै हिँड्ने शैली गलत रहेको बताउनु भयो’, बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीभित्रै छलफल र बहस गर्न सबैलाई छुट छ। जनार्दनजीले सार्वजनिक रूपमा बोल्नु ठिक होइन । यसले बाहिर राम्रो सन्देश गएन। पार्टीभित्रका कुरा यहीँ राखेर सबैले अनुशासनको ख्याल गर्नुपर्छ ।’

केही दिनअघि उपमहासचिव शर्माले विशेष महाधिवेशनको माग गर्दै चार बुँदे दस्तावेज सार्वजनिक गरेपछि संघर्ष बढेको बेला प्रचण्डले रोक्ने प्रयास गरेका हुन् ।

शर्मापछिपछि प्रचण्डको नेतृत्वको खुलेर आलोचना गर्ने क्रममा नेता एवम् पूर्वपर्यटनमन्त्री सुदन किरातीले पनि नेतृत्वको गम्भीर समीक्षा आवश्यक भएको बताएका थिए।

उनलाई पछ्याउँदै बिहीबार माओवादी केन्द्रका नेता एवम् पूर्व आपूर्ति मन्त्री शिवकुमार मण्डलले सामाजिक सञ्जालमार्फत् लामो धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डप्रति तीखा प्रश्न उठाएका थिए । एकपछि अर्को नेताले आफूविरुद्ध बोल्न थालेपछि दाहालले अनुशासन सम्झाएका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ५१ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा