अमेरिकी कर नीतिको कारण अफ्रिकी किसान प्रभावित « Khabarhub

अमेरिकी कर नीतिको कारण अफ्रिकी किसान प्रभावित


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रोबर्टसन– दक्षिण अफ्रिकाको प्रमुख वाइन उत्पादन गर्ने रोबर्टसन उपत्यकामाथि अर्को हप्ता लागु हुने ३० प्रतिशतको नयाँ अमेरिकी कर नीतिको कारण निराशा फैलिएको  छ ।

बहुमूल्य वाइनमा पहिले विशेष व्यापार सम्झौता अन्तर्गत अमेरिकी कर छुट दिइएको थियो सम्झौताले कागतीजन्य फल, ‘मकाडामिया’ र एभोकाडोसहित धेरै दक्षिण अफ्रिकी उत्पादनहरूलाई संरक्षण गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रको सुधार तथा विश्व व्यापारलाई पुनः आकार दिन अर्को हप्ताबाट लागु हुने गरी नयाँ कर घोषणा गरेपछि अफ्रिकी किसान मारमा पर्ने भएका हुन् । 

नयाँ करहरू लागु हुनुभन्दा केही हप्ता अघि ‘ग्राहम बेक इस्टेट’ नामक एक प्रख्यात वाइन उत्पादकले लगभग तीन लाख बोतल अमेरिकी बजारमा पठाएको महाप्रबन्धक पिटर फेरेराले बताए । 

नयाँ कर घोषणापछि कृषि मजदुरहरूले बिरुवाहरू काटिरहेको उल्लेख गर्दै फेरेराले यस वर्ष उल्लेख्य भण्डार राख्ने उद्देश्य रहेको बताएका छन् ।  

अमेरिकी बजारले ‘ग्राहम बेक इस्टेट’को वार्षिक उत्पादनको लगभग १५ प्रतिशत व्यापार सहजीकरण गरी १३५ जनालाई रोजगारी दिएको उनले बताए ।  

दक्षिण अफ्रिकाको कृषि निर्यातको चार प्रतिशत, लगभग ४६०० मिलियन मूल्य, अमेरिकी बजारद्वारा निर्धारित भएको कृषि च्याम्बरले जनाएको छ ।  

एक लाख रोजगारी जोखिममा

सन् २०१७ को पछिल्लो तथ्याङ्क अनुसार रङ्गभेदको अन्त्य भएको दशकौँपछि पनि कृषियोग्य जमिनको ७० प्रतिशत भन्दा बढी अल्पसङ्ख्यक श्वेत समुदायको स्वामित्वमा रहेकाले यिनीहरु नै ट्रम्पको नयाँ करबाट सबैभन्दा बढी प्रभावित हुने जनाइएको छ । तिनीहरूमध्ये धेरै अफ्रिकीहरू छन् ।

फेरेराले किसानहरूको मर्का नबुझी कृषि उत्पादनमा ३० प्रतिशत कर लगाएर किसानहरूलाई दण्डित गरिएको बताए । 

बढ्दो शुल्कले दक्षिण अफ्रिकामा  रोजगारी गुमाउन सक्ने केन्द्रीय बैङ्कका प्रमुख लेसेत्जा कगान्यागोले बताए । 

कृषिले धेरै कामदारहरूलाई रोजगार दिने भएकाले ‘कृषि क्षेत्रको प्रभाव एकदमै विनाशकारी हुनसक्ने  केगन्यागोले बताए । 

उनका अनुसार दक्षिण अफ्रिकाको अमिलो जातको फलको उत्पादनको छ देखि आठ प्रतिशत संयुक्त राज्य अमेरिकामा पठाइन्छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : ३५ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा