सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण « Khabarhub

सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण गरिएको छ ।

सीमा निगरानीका लागि २०७७ साल असोजमा स्थापना भएको उक्त बीओपीमा आवास, अतिथि गृहसहितका पूर्वाधार निर्माण गरिएको हो ।  सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आइतबार उद्घाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्घाटन गरे ।

अतिथि गृह भवनको उद्घाटन गर्दै मन्त्री सार्कीले मन्त्रालयले बीओपीमा पूर्वाधार सुधार गर्ने योजनाअन्तर्गत भवन निर्माण गरिएको बताए । उनले बीओपीमा पूर्वाधार नहुँदा सीमा सुरक्षार्थ खटिएका प्रहरीले आफैँ सुरक्षित हुने अवस्था नरहेकाले प्रदेश सरकारले प्राथमिकताका साथ पूर्वाधार निर्माण गरिरहेको बताए ।

उनले प्रदेश सरकारले प्रहरीलाई सुरक्षा र विपद् उद्धारका लागि आवश्यक सामग्री प्रदेशभर वितरण गरेको जानकारी दिए । पूर्वाधार निर्माणले सशस्त्र प्रहरी आवास व्यवस्थापनमा सहज हुने बताउँदै उनले सीमा निगरानी, अवैध ओसारपसार नियन्त्रण र राजस्व छली नियन्त्रणमा सक्रियताका साथ काम गर्न उनले निर्देशन दिए ।

सशस्त्र प्रहरी बलको सुदूरपश्चिम प्रमुख प्रदीपकुमार पालले पूर्वाधार निर्माणले प्रहरीको सेवा प्रवाहमा सहज हुने बताए । उनले स्रोतसाधनको अभावमा प्रहरीले सेवा प्रदान गरिरहेको बताउँदै सबै बीओपीमा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरे ।

प्रदेश सरकारद्वारा विनियोजित ४० लाख बजेटमा २९ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई अतिथि गृह निर्माण गरिएको मन्त्रालयका निमित्त सचिव आमोद दाहालले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा थप तीन वटा बीओपीमा पूर्वाधार निर्माण गर्ने प्रदेश सरकारको योजना छ । जिमुवामा गत वर्षको सङ्घीय योजनाअन्तर्गत दुई वटा प्रहरी ब्यारेक भवनको  निर्माण सम्पन्न भएको छ । जिमुवा क्षेत्रको दुर्गम टोल श्रीलङ्कामा रहेको बीओपी यसअघि खानेपानी कार्यालयको भवनमा बस्दै आएको थियो ।

वर्षाको समयमा बाढीको उच्च जोखिम रहेको यस क्षेत्रमा भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुनेछ । त्यसैगरी शनिबार मात्रै बेलौरीको खड्डाकंकडमा रहेको बीओपी भवनको मन्त्री सार्कीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ८ : १५ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी