तीनवटै तहका लागि अहिले नै उम्मेदवार घोषणा गरौँ : कल्याण गुरुङ « Khabarhub

तीनवटै तहका लागि अहिले नै उम्मेदवार घोषणा गरौँ : कल्याण गुरुङ


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले ०८४ मा हुने तीनवटै तहको निर्वाचनका लागि अहिले नै उम्मेदवार घोषणा गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले उम्मेदवार घोषणा गरेर अहिलेदेखि नै मतदाता माझ पठाउनुपर्ने बताएका हुन् ।

‘नेपाली कांग्रेसले १६५ जना प्रतिनिधिसभा, ३३० जना प्रदेशसभा र ७५३ जना स्थानीय तहका उम्मेदवारहरू वैधानिक रूपले घोषणा गरेर मतदाताहरू माझ अहिले नै पठाउनु पर्छ,’ गुरूङले फेसबुकमा लेखेका छन् ।

उम्मेदवारहरूको घोषणा धेरैलाई चाँडो लागे पनि पार्टीले धेरै मेहनत गर्नुपर्ने भएकाले उम्मेदवार तय गर्न ढिलो भइसकेको नेता गुरूङको जिकिर छ ।

‘धेरैलाई यो निर्णय चाँडो लाग्न सक्छ । तर, धेरै ढिलो भइसक्यो । धेरै मेहनत गर्नु पर्नेछ,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ११ : २१ बजे

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट