काठमाडौं– अफगानस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । भूकम्पबाट सबैभन्दा बढी नगरहार र कुनार क्षेत्र प्रभावित भएका छन् ।
भूकम्पका कारण घाइते भएका ११५ भन्दा बढी नागरिकलाई अस्पतालहरूमा भर्ना गरिएको छ ।
बीबीसीका अनुसार, तालिबान सरकारले भूकम्पमा परी सयौँ मानिसहरूको मृत्यु भएको आशंका गरेको छ ।
भूकम्पबाट बढी क्षति कुनार सूबेमा भएको बताइएको छ । यो क्षेत्रको झन्डै ९० प्रतिशत भूभाग पहाडी क्षेत्रमा पर्दछ ।
भूकम्प प्रभावित क्षेत्रतर्फ जाने मार्गहरू अधिकांश साँघुरा रहेका र जसमध्ये अधिकांश क्षतिग्रस्त भएका बीबीसीमा समाचार छ । यस्तै केही क्षेत्रमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन ।
सन् २०२२ को भूकम्पका दौरान पनि अहिलेकै जस्तो अवस्था देखिएको थियो । तत्कालीन समयमा भूकम्पका कारण झन्डै एक हजारको मृत्यु भएको थियो ।
प्रतिक्रिया