काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही– ३ मा हुने उपनिर्वाचनका लागि अघि सारेका उम्मेदवार डा. लेखजंग थापाले पत्रकार सम्मेलन गर्दैछन् ।
आगामी कात्तिक १७ गते हुने गइरहेको उपनिर्वाचनका लागि रास्वपाले आइतबार थापालाई उम्मेदवार बनाउने औपचारिक घोषणा गरेको थियो ।
थापाले दिउँसो २ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट र अन्तरक्रिया गर्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले साउन ७ गतेदेखि भदौ ८ गतेसम्म पार्टी तर्फबाट उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अघि बढाएका थियो ।
सो प्रक्रिया अन्तर्गत थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुनका लागि चयन गरेको रास्वपाले जनाएको छ ।
प्रतिक्रिया