मोदी देखेर ट्रम्पका सल्लाहकार चकित, भने- पुटिन र सीसँग किन हात मिलाइरहेका होलान् ? « Khabarhub

मोदी देखेर ट्रम्पका सल्लाहकार चकित, भने- पुटिन र सीसँग किन हात मिलाइरहेका होलान् ?


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले फेरि भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीबारे तिखो टिप्पणी गरेका छन्।

फक्स न्युजसँगको कुराकानीमा उनले उले मोदीलाई उत्कृष्ट नेता भने । ‘मोदी एक उत्कृष्ट नेता हुन्, तर मैले नबुझेको कुरा उनी किन भ्लादिमिर पुटिन र सी चिनफिङसँग हात मिलाइरहेका छन्, जबकि उनी संसारकै सबैभन्दा ठूलो लोकतन्त्रका नेता हुन्’, उनले भने ।

नभारोले अहिले जे भइरहेको छ, त्यसलाई भारतीय जनताले बुझ्नुपर्ने बताए । ‘म भारतीय जनतालाई केवल यो भन्न चाहन्छु, जे भइरहेको छ त्यसलाई बुझ्नुपर्छ। भारतीय जनताको मूल्यमा मुनाफा कमाइरहेका छन्। हामी चाहन्छौँ कि यो रोकिनुपर्छ’, उनले भने ।

यसअघि पनि नभारोले रूसी तेल किन्ने मुद्दामा भारतलाई आक्रमण गरेका थिए। राष्ट्रपति ट्रम्पका नजिकका मानिने नवारोले गत हप्तामात्रै ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा रूस–युक्रेन युद्ध वास्तवमै ‘मोदीको युद्ध’ हो।

भारत अहिले ५० प्रतिशत अमेरिकी ट्यारिफको सामना गरिरहेको छ। अमेरिका अनुसार भारतले रूसी तेल खरिद गरेर युक्रेन युद्धका लागि आर्थिक सहयोग पुर्‍याइरहेको छ । त्यसकै आधारमा भारतमाथि यो ट्यारिफ लगाइएको हो।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : ०६ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा