लेखजंग बहुविवाहको विवादमा परेपछि रोकियो रास्वपाको पत्रकार सम्मेलन « Khabarhub

लेखजंग बहुविवाहको विवादमा परेपछि रोकियो रास्वपाको पत्रकार सम्मेलन


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित भएको छ । रास्वपाले सोमबारका लागि तय गरेको पत्रकार भेटघाट कार्यक्रम स्थगित गरेको हो।

रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार लेखजंग थापाले बहुविवाह गरेको सार्वजनिक भएसँगै पत्रकार सम्मेलन रोकिएको हो ।

उनले बहुविवाह गरेकव भन्दै प्रश्न उठेपछि अनुसन्धान गर्न समय लाग्ने भन्दै रास्वपाले पत्रकार सम्मेलन स्थगित गरेको नेताहरूले बताएका छन् ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले भने विशेष कारणवश पत्रकार सम्मेलन स्थगित गरिएको दाबी गरेका छन्।

अहिले सामाजिक सञ्जालभर बहुविवाह गरेको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै तीव्र आलोचना भइरहेको छ । त्यही विवादले आलोचना भएसँगै पत्रकार सम्मेलन रोकेर रास्वपाले अनुसन्धान थालेको जनाएको छ ।

रास्वपाका प्रवक्ता झाले पत्रकार भेटघाट कार्यक्रम अर्को समयका लागि सारिएको जानकारी सञ्चारमाध्यमलाई दिएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : १८ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन