लेखजंग बहुविवाहको विवादमा परेपछि रोकियो रास्वपाको पत्रकार सम्मेलन « Khabarhub

लेखजंग बहुविवाहको विवादमा परेपछि रोकियो रास्वपाको पत्रकार सम्मेलन


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित भएको छ । रास्वपाले सोमबारका लागि तय गरेको पत्रकार भेटघाट कार्यक्रम स्थगित गरेको हो।

रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार लेखजंग थापाले बहुविवाह गरेको सार्वजनिक भएसँगै पत्रकार सम्मेलन रोकिएको हो ।

उनले बहुविवाह गरेकव भन्दै प्रश्न उठेपछि अनुसन्धान गर्न समय लाग्ने भन्दै रास्वपाले पत्रकार सम्मेलन स्थगित गरेको नेताहरूले बताएका छन् ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले भने विशेष कारणवश पत्रकार सम्मेलन स्थगित गरिएको दाबी गरेका छन्।

अहिले सामाजिक सञ्जालभर बहुविवाह गरेको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै तीव्र आलोचना भइरहेको छ । त्यही विवादले आलोचना भएसँगै पत्रकार सम्मेलन रोकेर रास्वपाले अनुसन्धान थालेको जनाएको छ ।

रास्वपाका प्रवक्ता झाले पत्रकार भेटघाट कार्यक्रम अर्को समयका लागि सारिएको जानकारी सञ्चारमाध्यमलाई दिएका छन् ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  १२ : १८ बजे

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट