रास्वपाको उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गर्न केन्द्रीय सदस्य कार्कीको माग « Khabarhub

रास्वपाको उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गर्न केन्द्रीय सदस्य कार्कीको माग


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले रूपन्देही– ३ का लागि उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

पार्टीले उपनिर्वाचनका लागि डा. लेखजंग थापाको नाम घोषणा गरेको १४ घण्टा नबित्दै उनले छनोट प्रक्रियाबारे छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।

कार्कीले ०७९ को निर्वाचनको परिणामपछि समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि १२ क्लस्टरमा चुनाव भएर नतिजा निकालेर सांसदका लागि ६ वटा क्लस्टर बनाएर आफूलाई बाहिर राखिएको स्मरण गरेका छन् ।

‘मैले पटक पटक दाेहाेर्‍याइरहेकाे तथ्य हो, पार्टीको समानुपातिक सांसद छनौट १२ क्लस्टरमा चुनाव भएर नतिजा निकालिएको थियो । पछि सांसद छान्दा ६ क्लस्टर बनाइयो र म धपाइएँ,’ कार्कीले फेसबुकमा लेखेका छन्, ‘यसैले मैले आफू अलग्गै रहेर यसपटकको उम्मेदवार छनौटको प्रक्रिया चासोका साथ हेरेँ । प्रक्रियामा कुनै त्रुटि भएको जस्तो लाग्थेन र अहिले पनि त्रुटि भएकै हो भन्ने मेरो धारणा बनेको छैन । यद्यपि केही कमजोरी भएका हुन सक्छन्, जसको छानबिन र निष्कर्ष आवश्यक छ ।’

पहिलेको समानुपातिक सांसद छनोटको विवाद समाधानमा नपुगेका कारण बेलाबेला भिन्न स्वरूपमा निस्किरहेको भन्दै  उनले यसले नयाँ प्रणाली निर्माणमा शङ्का बढाउने उल्लेख गरेका छन् । ‘त्रुटि हुने वा भएको आशङ्का हुने तर त्यसको निरूपण नहुने हो भने ती थुप्रिँदै गएर थामी नसक्नुका बन्छन्,’ कार्कीको तर्क छ ।

केन्द्रीय सदस्य कार्कीले उम्मेदवार थापाले पहिलेको श्रीमतीसँग छोडपत्र गरिसकेको भए पनि दुई जनाबीचको सम्बन्ध सुमधुर रहेको जानकारी आफूले पाएको पनि उल्लेख गरेका छन् ।

‘लेखजंग थापाको बहुविवाहका सन्दर्भमा पहिलेकी श्रीमतीसँग छोडपत्र भइसकेको तर सम्बन्ध चाहिँ अहिले पनि सुमधुर रहेको भन्ने जानकारी प्राप्त गरेको छु,’ उनले लेखेका छन्, ‘कानूनीरूपमा सम्बन्धविच्छेद भएको भए अन्य त व्यक्तिगत र पारिवारिक सन्दर्भको विषय भइहाल्यो । एउटा सम्बन्ध ‘बिग्रिए पछि’ कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले पनि चाहँदैन भन्ने मानेको छु ।’

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : २६ बजे

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र