इजरायली आक्रमणमा प्रधानमन्त्री मारिएपछि हुथीले समात्यो राष्ट्रसंघका १९ कर्मचारी « Khabarhub

इजरायली आक्रमणमा प्रधानमन्त्री मारिएपछि हुथीले समात्यो राष्ट्रसंघका १९ कर्मचारी


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

साना : इजरायलको हवाई आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालेब नासेर अल–रहावी र केही मन्त्रीहरू मारिएपछि यमनको हुथी समूहले राजधानी साना र होदेइदामा रहेका संयुक्त राष्ट्रसंघ (यूएन) कार्यालयमा छापा मार्दै कम्तीमा ११ जनालाई पक्राउ गरेको छ।

यमनी सुरक्षास्रोतका अनुसार हुथीहरूले इजरायलसँग सहकार्य गरेको आशंकामा साना र वरपरका क्षेत्रमा दर्जनौँ सर्वसाधारणलाई समेत नियन्त्रणमा लिएका छन्।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले हुथीहरुले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यालयमा बलपूर्वक प्रवेश गरी सम्पत्ति कब्जा गरेको बताएका छन् । अन्य एजेन्सी कार्यालय तोडफोड गर्ने प्रयास गरेको उनले बताएका छन्।

यमनका लागि राष्ट्रसंघीय विशेष दूत हान्स ग्रुन्डबर्गले यी गिरफ्तारीलाई ‘मनोमानी र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’ भन्दै तुरुन्त र बिनाशर्त रिहा गर्न माग गरेका छन्।

उनले भने, ‘राष्ट्रसंघीय कर्मचारीहरूको काम तटस्थता, निष्पक्षता, स्वतन्त्रता र मानवता भन्ने सिद्धान्तमा आधारित हुन्छ। यी गिरफ्तारीहरूले उनीहरूको सुरक्षामाथि आक्रमण मात्र होइन, यमनमा आवश्यक मानवीय कामलाई रोक्ने प्रयास हो।’

ग्रुन्डबर्गका अनुसार हुथीहरूले पहिले नै २३ जना राष्ट्रसंघीय कर्मचारीलाई पक्राउ गरेर राखेका छन् । जसमध्ये एकजनाको यसै वर्ष हिरासतमा मृत्यु भएको छ।

हुतिहरूले यसअघि पक्राउ परेका सहायता कर्मीलाई ‘अमेरिकी–इजरायली जासुस सञ्जाल’ को सदस्य भएको आरोप लगाएका थिए । तर राष्ट्रसंघले यसलाई अस्वीकार गरेको छ।

गाजामा युद्ध भइसकेपछि हुथी लडाकुहरूले आफ्नो दायरालाई यमनभन्दा बाहिर विस्तार गरेका छन्। उनीहरूले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरिरहेका छन् ।

अर्कातिर रेड सी हुँदै जाने व्यापारीक जहाजहरूलाई पनि निशाना बनाएका छन्। यसलाई उनले ‘प्यालेस्टाइनी मुद्दासँग एकजुटता’ को रूपमा व्याख्या गरेका छन्।

यसैबीच, इजरायलले यमनस्थित हुथीका अखडामा बारम्बार हवाई आक्रमण गरिरहेको छ। गत साता सानामा राष्ट्रपति भवनमाथिको आक्रमणमा प्रधानमन्त्री अल–रहावी मारिएपछि हुथीहरुले इजरायलविरुद्ध आफ्नो अभियान अझै तीव्र गर्ने चेतावनी दिएका छन्।

हुथी रक्षा मन्त्री मेजर जनरल मोहम्मद नासेर अल–आतिफीले आफ्ना सशस्त्र फौज इजरायलसँग प्रत्यक्ष भिडन्तका लागि तयार रहेको दाबी गरे । ‘अमेरिकाले यमनमा पनि गाजाकै जस्तै नागरिकलाई निशाना बनाइरहेको छ’, उनले भने ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : ३२ बजे

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने