एकपटक मात्र विलासिता कर लाग्ने भएपछि सुनचाँदी व्यवसायीले गरे स्वागत  « Khabarhub

एकपटक मात्र विलासिता कर लाग्ने भएपछि सुनचाँदी व्यवसायीले गरे स्वागत 


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सुनमा एक पटक मात्र विलासिता कर लाग्ने भएपछि सुनचाँदी व्यवसायीले स्वागत गरेका छन् । सोमबार नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले एक विज्ञप्ति जारी गरेर स्वागत गरेको हो । 

महासंघले आफ्नो मातहतका व्यक्तिलाई सोही बमोजिम गर्ने समेत आग्रह गरेको छ । ‘सरकारद्वारा हालै नेपाल राजपत्रमा समेत विलासिता शुल्कको व्यवस्थामा आंशिक सुधार गर्दै सुनको कारोबारमा केवल एक तहमा मात्र शुल्क लागू हुने व्यवस्था गरिएको र उक्त व्यवस्थाको कार्यान्वयनको लागि आज आन्तरिक राजश्व विभागद्वारा जारी विलासिता शुल्क सम्बन्धी कार्यविधि, २०८२ महासंघमा प्राप्त भएको छ ।’, महासंघले भनेको छ ।  

सम्पूर्ण व्यवसायी सदस्यहरूमा हालको उपलब्ध संशोधित व्यवस्था अनुसार कारोबार सञ्चालन गर्न महासंघले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  २ : ०९ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर