ट्रम्पका सल्लाहकार भन्छन्- रुसी तेल किनेर भारतका ब्राम्हणले मुनाफा कमाए « Khabarhub

ट्रम्पका सल्लाहकार भन्छन्- रुसी तेल किनेर भारतका ब्राम्हणले मुनाफा कमाए


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले रुसबाट तेल खरिद गरेर भारतका ब्राम्हणहरुले मुनाफा कमाइरहेको आरोप लगाएका छन् । फक्स न्यूजलाई दिएको अन्तरवार्ताका क्रममा नभारोले रुसी तेलको कारोबारबाट भारतका ब्राम्हणहरुले मुनाफा कमाइरहेको बताएका हुन् ।

उनले भने, ‘म भन्न चाहन्छ, भारतीय जनताहरु, यहाँ के भइरहेको भनेर कृपया बुझ्नुहोस्, भारतीय जनताको खर्चमा ब्राम्हणहरुले मुनाफा कमाइरहेका छन् । हामीले यसलाई रोक्नुपर्छ ।’ भारतले रुसी तेल खरिद गरिरहेको विषयमा अमेरिकाले भारतमाथि भन्सार शुल्क बढाएपछि अमेरिकी अधिकारीहरुले एकपछि अर्को बयान दिइरहेका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई महान् नेताको संज्ञा दिँदै विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकका प्रधानमन्त्री रहेका उनी किन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गरिरहेका छन् भनेर आफूले बुझ्न नसकेको नभारोले बताए ।

मोदी हाल साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन शहरमा छन् । त्यहाँ उनले सी र पुटिनसँग भेटवार्ता पनि गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : ११ बजे

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– कुटपिटबाट यहाँका एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा