बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२  नम्बरको  मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।  

घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पु¥याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन । 

अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका-११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : १८ बजे

यायोक्खा काठमाडौँमा विवाद, ‘झोले शैली’ अपनाइएको आरोप

काठमाडौँ- किराती राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाको काठमाडौँ

सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग उपचारको सुरु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (ए पी

लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौबुँदे निर्णय

लुम्बिनी– लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकास

भारत र रुस काँधमा काँध मिलाएर उभिएका छन् : प्रधानमन्त्री मोदी

तियान्जिन- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रुसबीचको मजबुत सम्बन्धलाई

नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा नेपाली राष्ट्रिय