जनमतलाई नीतिका आधारमा ध्रुवीकरण नगर्दा राजनीतिक अस्थिरता अन्त्य भएन : शंकर पोखरेल | Khabarhub Khabarhub

जनमतलाई नीतिका आधारमा ध्रुवीकरण नगर्दा राजनीतिक अस्थिरता अन्त्य भएन : शंकर पोखरेल


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमतलाई नीतिका आधारमा ध्रुवीकरण गर्न नसक्दा राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।  

सोमबार पार्टी कार्यालय च्यासलमा आनन्द पोखरेलद्वारा लिखित कम्युनिस्ट पार्टी निर्माणका आधार पुस्तक लोकार्पण गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिभित्रको ठूलो चुनौतीको रूपमा रहेको अस्थिरता जनमतलाई नीतिका आधारमा ध्रुवीकरण गर्न नसक्नुको परिणाम भएको बताएका हुन् ।

लोकप्रिय मत पनि ३४–३५ प्रतिशत मात्रै प्राप्त भएको अवस्थामा अहिलेसम्म गरेका अभ्यासहरूबाट निर्णायक शक्ति हासिल गर्न कठिन रहेको उनले बताए ।

उनले संगठनात्मक प्रणालीलाई आधारभूत तहसम्म स्थापित गर्न जरुरी रहको धारणा राखे । एमालेको नीति, पार्टीको मात्रै नभई राष्ट्रको नीति बनाउने सामर्थ्य राख्न सके मात्रै पार्टी निर्णायक शक्ति बन्न सक्ने उनको भनाइ छ । 

पोखरेलले सरकार बनाउनका लागि भिन्न बिचार भएका दलसँग सहकार्य गर्नुपर्ने अवस्थामा रहेकाले एकल बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने जिकिर गरे ।

त्यस्तै उनले विधान महाधिवेशनपछि पार्टी व्यवस्थित हुने र पार्टी निर्माणका लागि वैधानिक सीमालाई पनि परिष्कृत गर्दै लैजाने उद्घोष गरे । पोखरेलले पार्टीको वर्गसंघर्ष आवधिक रूपमा हुने निर्वाचनमा केन्द्रित हुनुपर्नेमा समेत जोड दिए । 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : ४७ बजे

लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्

काठमाडौं– परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरूले नेपाली भूमि लिपुलेकका विषयमा

सरकारले भन्यो- भारतसँगको सीमा विवाद समाधान कूटनीतिक संवादबाटै

काठमाडौं– सरकारले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक संवादका माध्यमबाटै

दीपक मनाङे थान्को लागेपछि कांग्रेस–एमालेकै प्रतिस्पर्धा

काठमाडौँ– निर्वाचन आयोगले मनाङको प्रदेशसभा २ का लागि आगामी कात्तिक

प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

थियानजिन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन

यायोक्खा काठमाडौँमा विवाद, ‘झोले शैली’ अपनाइएको आरोप

काठमाडौँ- किराती राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाको काठमाडौँ