जनमतलाई नीतिका आधारमा ध्रुवीकरण नगर्दा राजनीतिक अस्थिरता अन्त्य भएन : शंकर पोखरेल « Khabarhub

जनमतलाई नीतिका आधारमा ध्रुवीकरण नगर्दा राजनीतिक अस्थिरता अन्त्य भएन : शंकर पोखरेल


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमतलाई नीतिका आधारमा ध्रुवीकरण गर्न नसक्दा राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।  

सोमबार पार्टी कार्यालय च्यासलमा आनन्द पोखरेलद्वारा लिखित कम्युनिस्ट पार्टी निर्माणका आधार पुस्तक लोकार्पण गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिभित्रको ठूलो चुनौतीको रूपमा रहेको अस्थिरता जनमतलाई नीतिका आधारमा ध्रुवीकरण गर्न नसक्नुको परिणाम भएको बताएका हुन् ।

लोकप्रिय मत पनि ३४–३५ प्रतिशत मात्रै प्राप्त भएको अवस्थामा अहिलेसम्म गरेका अभ्यासहरूबाट निर्णायक शक्ति हासिल गर्न कठिन रहेको उनले बताए ।

उनले संगठनात्मक प्रणालीलाई आधारभूत तहसम्म स्थापित गर्न जरुरी रहको धारणा राखे । एमालेको नीति, पार्टीको मात्रै नभई राष्ट्रको नीति बनाउने सामर्थ्य राख्न सके मात्रै पार्टी निर्णायक शक्ति बन्न सक्ने उनको भनाइ छ । 

पोखरेलले सरकार बनाउनका लागि भिन्न बिचार भएका दलसँग सहकार्य गर्नुपर्ने अवस्थामा रहेकाले एकल बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने जिकिर गरे ।

त्यस्तै उनले विधान महाधिवेशनपछि पार्टी व्यवस्थित हुने र पार्टी निर्माणका लागि वैधानिक सीमालाई पनि परिष्कृत गर्दै लैजाने उद्घोष गरे । पोखरेलले पार्टीको वर्गसंघर्ष आवधिक रूपमा हुने निर्वाचनमा केन्द्रित हुनुपर्नेमा समेत जोड दिए । 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : ४७ बजे

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

पोखरा– पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री

दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले

बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन– चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।