श्रमिकमैत्री कानुन निर्माणमा संसद् गम्भीर हुनुपर्छ : अग्नि सापकोटा « Khabarhub

श्रमिकमैत्री कानुन निर्माणमा संसद् गम्भीर हुनुपर्छ : अग्नि सापकोटा


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले दलित, मजदुर र सुकुम्बासीका हकहित सुनिश्चित गर्न संसद् गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज काठमाडौँमा आयोजना गरेको श्रमिक–सांसद अन्तरक्रियामा उनले श्रमिकमैत्री कानुन निर्माणका लागि पार्टी सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे । सापकोटाले श्रमिक अधिकारलाई संवैधानिक र कानुनी अभ्यासमा परिणत गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागी श्रमिक प्रतिनिधिहरूले श्रम ऐनअनुसार बोनस पाउने अधिकार कार्यान्वयन गर्नुपर्ने, प्रतिष्ठानको मुनाफाको कम्तीमा १० प्रतिशत बोनस श्रमिकलाई वितरण गर्ने व्यवस्था कानुनमै स्पष्ट गर्नुपर्ने माग गरे। उनीहरूले वैदेशिक रोजगार ऐनमा विशेष संशोधन गरी अलपत्र परेका श्रमिकलाई सुरक्षित रूपमा नेपाल फर्काउने व्यवस्था मिलाउनुपर्ने र सवारी तथा यातायात व्यवस्था ऐनमा ‘राइड सेयरिङ एप्स’ सम्बन्धी स्पष्ट प्रावधान ल्याउनुपर्ने माग गरे ।

प्रतिनिधिसभाका सदस्य तथा नेकपा (माओवादी)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को विभिन्न समयमा श्रमिकका मुद्दा निरन्तर उठाइने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सामाजिक सुरक्षा कोषलाई श्रमिकमैत्री बनाउन कानुन कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । राष्ट्रियसभा सदस्य तथा प्रत्यायोजन समितिका सभापति मायाप्रसाद शर्माले मजदुरका मुद्दामा सत्तापक्षले ढिलासुस्ती गर्ने गरेको भन्दै आलोचना गरे।

महासङ्घका अध्यक्ष जगतबहादुर सिम्खडाले श्रमिक अधिकार सुनिश्चित गर्न श्रम ऐन, बोनस ऐनलगायत कानुन संशोधन गर्नुपर्ने र सामाजिक सुरक्षा कार्यक्रमलाई व्यावहारिक बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ४ : २८ बजे

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले

बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन– चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

ओलीको अस्पताल योजना लोकप्रियतामै सीमित : घोषणा ३९६, निर्माण ६५ 

काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का