काठमाडौं– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य विक्रमसिंह थापा पदमुक्त भएका छन् ।
उनलाई प्रदेश सभापति अमरसिंह पुनले कार्यसमिति सदस्य पदको जिम्मेवारीबाट मुक्त गरेका हुन् ।
सभापति पुनले उनलाई साउन ११ गते नै पदमुक्त गरेका थिए । तर, थापालाई पदमुक्त गरेको पत्र सोमबारमात्रै सार्वजनिक भएको छ ।
प्रदेश सभापति पुननिकट स्रोतले जिल्ला कार्यसमितिको सिफारिसमा थापामाथि कारबाही गरिएको जनाएको छ । उनीमाथि निर्वाचनमा असहयोग गरेको आरोप लागेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया