'देशको समृद्धिमा साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास अपरिहार्य' | Khabarhub Khabarhub

‘देशको समृद्धिमा साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास अपरिहार्य’


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले देशको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास उत्तिकै अपरिहार्य रहेको बताएका छन् ।

सोमबार शीतल निवासमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका हुन् ।

उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको धारणा राखे । राष्ट्रपति पौडेलले नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठान कै भएको बताउँदै प्रज्ञा प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक वहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गरे । 

उनले साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति भन्दै वास्तवमा भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा भएको जिकिर गरे ।

राष्ट्रपति पौडेलले अनुमप भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा, संस्कृति, परम्पराको संरक्षण, संवर्द्धन र विकासमा जुट्नु साझा दायित्व भएको बताए । उनले राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट दशभित्र पर्न सफल पुरस्कृत हुने सबै कविहरूलाई बधाई दिदैँ उनीहरूको सृजना यात्राको प्रगतिको कामना गरे । 

कार्यक्रममा राष्ट्रपतिले विभिन्न १० जना कविहरूलाई सम्मानपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ५ : ५४ बजे

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको