प्रदेश लोकसेवा आयोगद्वारा कोशी प्रदेश प्रमुख खापुङ समक्ष प्रतिवेदन हस्तान्तरण « Khabarhub

प्रदेश लोकसेवा आयोगद्वारा कोशी प्रदेश प्रमुख खापुङ समक्ष प्रतिवेदन हस्तान्तरण


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन सोमबार बुझाएको छ ।

प्रदेश लोक सेवा आयोगको ऐन, २०७६ को दफा ४९ को  उपदफा (१) बमोजिम प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाइँले छैटौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको सार्वजनिक प्रशासन सेवा सञ्चालनका निम्ति आयोगले गर्दै आएका काम कारबाहीप्रति जनताको विश्वास रहेको उल्लेख गरे। उनले आयोगले गर्ने दरखास्त आव्हान, परीक्षा, उम्मेद्वार छनोटलगायत सम्पूर्ण क्रियाकलापप्रति जनताको भरोसा रहेको स्पष्ट पारे ।

प्रमुख खापुङले नेपालको संविधान र ऐन, कानुनअनुसार आयोगले समावेशी, योग्य, दक्ष, इमानदार र अनुभवी कर्मचारीको सिफारिस गर्ने गरेकामा प्रशंसा गरे। उनले प्रविधिको प्रयोग गरी जनतालाई सेवा गर्न सक्ने कर्मचारी प्रतिस्पर्धामार्फत छनोट गर्न सुझाव दिए ।

सो अवसरमा आयोगका अध्यक्ष गुरागाइँले आयोगले ५७० पदका लागि ५५२ जना उम्मेद्वार सिफारिस गरिएको मध्ये प्रदेशगत रूपमा कर्णाली प्रदेशबाट सबैभन्दा बढी ३४.६ प्रतिशत सिफारिस भएको जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : २४ बजे

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले

बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन– चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

ओलीको अस्पताल योजना लोकप्रियतामै सीमित : घोषणा ३९६, निर्माण ६५ 

काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का