कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक अलपत्र « Khabarhub

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक अलपत्र


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कालीकोटको गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग बन्द भएको छ । 

गत आइतबारदेखि राजमार्ग पूर्ण रुपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् । ती ट्रक पहिरो गएको स्थान नजिकै रोकिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । करिब १३ करोड रुपैयाँ बराबरका स्याउ ती ट्रकमा  छन् । 

अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको छ । सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसेकाले सडक खोल्न समय लागेको जनाइएको छ । नेपाली सेना परिचालन गरी ढुङ्गा फुटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । 

दुई दिनदेखि सडक अवरुद्ध हुँदा यात्रुसमेत बिचल्लीमा परेको स्थानीयवासी कल्पना बुढाले बताए। 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ४३ बजे

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला