गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’ « Khabarhub

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) सदस्य राष्ट्रहरुले गाजामा नागरिकको हत्या र मानवीय विपत्ति निम्त्याउने कार्यको सोमबार कडा निन्दा गरेको छ ।

चीनको उत्तरी शहर थ्यानचिनमा शिखर सम्मेलन (एससीओ)पछि जारी विज्ञप्तिमा गत जुनमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको पनि कडा शब्दमा निन्दा गरेको जनाएको छ ।

“सदस्य राष्ट्रहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्व बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। सङ्गठन गाजामा नागरिक हताहत र मानवीय विपत्ति निम्त्याउने कार्यहरूको कडा निन्दा गर्दछ र स्थायी युद्धविराम र निर्बाध मानवीय सहायताका लागि आह्वान गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जुन २०२५ मा इरानमाथि इजरायली र अमेरिकी सैन्य आक्रमणले असैनिक आणविक संरचनालाई लक्षित गरी भएको हताहती अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन गरेको छ ।”

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ८ : १४ बजे

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला