पौवादुङमामा प्रभावकारी बन्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रम « Khabarhub

पौवादुङमामा प्रभावकारी बन्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रम


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिकाले सञ्चालन गरेको ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । 

गाउँपालिकाले यहाँ जन्मिएका शिशुहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न पाँच वर्षसम्म नियमित ५०० वितरण गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार प्रत्येक बालबालिकाका लागि बैंकिङ प्रणालीमार्फत रकम जम्मा गरिने व्यवस्था मिलाइएको छ । 

बालबालिकाको भविष्य सुनिश्चितताको लागि गाउँपालिकाले आव २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममार्फत यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । बालबालिकाको उज्ज्वल भविष्यसँगै सक्षम भावी पुस्ता  निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको कार्यक्रम प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। 

यससँगै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पनि विभिन्न कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रसूतिगृहबाट ‘रेफर’ गरिएका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा नवजात शिशुहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १२ : २९ बजे

हर्मोन असन्तुलनको असर : ८–९ वर्षमै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार