ब्रम्हायणी मन्दिरमा महिषासुर राक्षसको प्रतीक खःमेय जात्रा « Khabarhub

ब्रम्हायणी मन्दिरमा महिषासुर राक्षसको प्रतीक खःमेय जात्रा


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- महानवमीको दिन आज साँझ भक्तपुरमा महिषासुर राक्षसलाई मारेर मनाईने खःमेय् अर्थात राङ्गो जात्रा सम्पन्न भएको छ । धार्मिक मान्यताअनुसार महिषासुर राक्षसको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात राङ्गोलाई ल्याएर नवदुर्गा मन्दिर बाधेर राख्ने र सोही राङ्गोलाई आज मन्दिरदेखि डौडाएर ब्रम्हायणी मन्दिर पुर्याएर त्यसको बध गरि जात्रा मनाउने प्रचलन रहेको छ ।

नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोम दुई चक्रसहित शरीरमा सात वटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरिरभरी कुनै घाउचोट नलागेको, १०० धार्नी तौल भएको राँगो चाहिने मान्यता रहँदै आएको छ । महानवमीको दिन त्रिपुरा सुन्दरी देवी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने विश्वासका आधारमा खःमेय्को बध गरेर जात्रा मनाउने परम्परा रहेको संस्कृतिविद प्रकाश कायस्थले जानकारी दिए ।

नवदुर्गा मन्दिरमा खःमेय् अर्थात राँगोलाई आज साँझ तान्त्रिक विधिले पूजा गरी टन्न जाँडको कट खुवाएर शरीर भरी र तेल दलेर लठ्ठ बनाई सयौं भक्तजनले नवदुर्गा मन्दिरबाट राँगोलाई तान्दै लखेट्दै दायाँबायाँ सुकुन्दा बालेर दौडाइएको थियो । खःमेय् अर्थात राँगोलाई भक्तपुरको बजारै बजार दौडाउँदै च्याम्हसिंह सडक निकालेर ब्रम्हायणी खोलामा पुर्याईको खोलाको पानी छम्कदै ब्रम्हायणी मन्दिरमा पुर्याएर बलि दिइएको छ ।

तान्त्रिक विधिअनुसार ब्रम्हायणीमा खःमेय् अर्थात महिषासुर राक्षरसको रुपमा राङ्गोको बलि दिएर जात्रा मनाएको हो । खमेयको बध गरेसंगै हजारौ स्थानीयले मासुको टुक्रा लैजानेको भीड लागेको छ । एक टुक्रा मासुका लागि हजारौले मासु लुछेर लैजाने परम्परा छ ।

उक्त राँगोको मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई तिहारको लक्ष्मीपूजाका दिन धूप बाल्ने गर्दछन् । उक्त मासुको धुप बाल्दा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेकाले राँगोको एक टुक्रा मासु लिन पनि भिड लाग्ने गर्दछ । योसंगै आज रातभरी नै हजारौ मानिसको भीड र जात्रा लाग्ने गर्दछ । आज भक्तपुरमा रातभरी जात्रा हुने र ब्रम्हायणीमा भोली दिनभरी पनि मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ८ : ३१ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा