चर्खे पिङ संरक्षणमा तनहुँका स्थानीय « Khabarhub

चर्खे पिङ संरक्षणमा तनहुँका स्थानीय


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको भानु नगरपालिका–४ टारका स्थानीय चर्खे पिङ संरक्षणमा जुटेका छन् । दशैंका बेला पिङ हाल्ने प्रचलन हराउँदै जान थालेपछि स्थानीयवासी पिङ संरक्षणमा जुटेका हुन् ।

यहाँका स्थानीयवासीले चर्खे र लिङ्गे पिङ हालेर सर्वसाधारणका लागि पिङ हालेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिए । उनले भने, “दशैंका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता छ, तर पछिल्लो समय बढ्दो आधुनिकतासँगै पिङको प्रचलन लोप हुन थालेको छ । त्यसैले संरक्षणका लागि एकै ठाउँमा चर्खे र लिङ्गे पिङ हालेका छौ ।”

सोही वडाकै गगनपुर बगैंचामा संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित स्थानीय युवाले चर्खे पिङ र लिङ्गे पिङ हालेका छन् । पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल हुने गरेको आचार्यको गुनासो छ । उनले भने, “विगतमा दशैं सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै पाउन छाडियो ।”

वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उनको भनाइ छ । उनले भने, “पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौ ।”

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ८ : ४० बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)