दशैं सत्य, धर्म र न्यायको विजयको प्रतीक : राष्ट्रपति « Khabarhub

दशैं सत्य, धर्म र न्यायको विजयको प्रतीक : राष्ट्रपति


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।

राष्ट्रपति पौडेलले आज हिन्दू धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गरेका हुन् ।

उनले भनेका छन्, “सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्‍ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु ।’’

विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १० : ०८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका