आईसीसी विश्वकप लिग- २ : अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा « Khabarhub

आईसीसी विश्वकप लिग- २ : अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल सुरु भएको छ ।

युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

जारी शृङ्खलामा लगातार दोस्रो हार बेहोरेको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यमा छ । आजको खेलमा नेपाललाई अमेरिकासँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने अवसर पनि रहेको छ ।

नेपाल यसअघिका खेलमा अमेरिकासँग १०६ रन तथा युएईसँग ५ विकेटले पराजित भएको थियो ।

लिगमा २२ खेल खेलेको अमेरिका ३२ अङ्कका साथ शीर्षस्थानमा रहेको छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । यस्तै, १८ खेलबाट ८ अङ्क जोडेको युएई अन्तिममा छ ।

नेपालले यो शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ११ : १४ बजे

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति