आईसीसी विश्वकप लिग- २ : अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा « Khabarhub

आईसीसी विश्वकप लिग- २ : अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल सुरु भएको छ ।

युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

जारी शृङ्खलामा लगातार दोस्रो हार बेहोरेको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यमा छ । आजको खेलमा नेपाललाई अमेरिकासँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने अवसर पनि रहेको छ ।

नेपाल यसअघिका खेलमा अमेरिकासँग १०६ रन तथा युएईसँग ५ विकेटले पराजित भएको थियो ।

लिगमा २२ खेल खेलेको अमेरिका ३२ अङ्कका साथ शीर्षस्थानमा रहेको छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । यस्तै, १८ खेलबाट ८ अङ्क जोडेको युएई अन्तिममा छ ।

नेपालले यो शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ११ : १४ बजे

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

दाङ– थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन