दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य « Khabarhub

विश्वकप लिग-२

दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकालाई जितका लागि २७२ रनको  लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनायो । 

नेपालका लागि ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४९ रनको महत्वपूर्ण पारी खेले । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ तथा कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए । 

अमेरिकाका लागि हर्मीत सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै  जसदीप सिंह र शुभम रन्जानेले समान एक–एक विकेट लिए । 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ३ : २७ बजे

आशिकाको विरोध खेपेको धादिङ प्रहरी कार्यसम्पादनमा लगातार तेस्रो पटक उत्कृष्ट

धादिङ- जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको