विश्वकप लिग-२ : रोकिएन नेपालको हारको शृंखला, अमेरिकासँग चार विकेटले पराजित « Khabarhub

विश्वकप लिग-२ : रोकिएन नेपालको हारको शृंखला, अमेरिकासँग चार विकेटले पराजित


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो।

२ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै जित हात पार्‍यो। अमेरिकाका लागि साइतेजा मुक्कमल्ल ७५ र मिलिन्द कुमार ७० बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २ सय ७१ रनमा अलआउट भयो। दीपेन्द्र सिंह ऐरिले ७५, करण केसीले ४९, कुशल भुर्तेलले ४७ र भीम सार्कीले ४३ रन योगदान दिए।

अमेरिकाका हरमित सिंहले ३ विकेट लिए भने सौरभ नेत्रावल्कर र नोस्टुस ले समान २–२ विकेट झारे। अब नेपालले आफ्नो चौथो खेल बुधबार यूएईविरुद्ध खेल्नेछ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : २२ बजे

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति