सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु « Khabarhub

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि शनिबारबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा टोलीले काठमाडौं क्रिकेट एकेडेमी (केसीए)मा प्रशिक्षण थालेको हो ।

प्रशिक्षणको पहिलो दिन पाँच खेलाडी सहभागी भएका थिए । पहिलो सिजनमा उपाधि नजिक पुगेको सुदूरपश्चिम यसपटक भने उपाधि जित्ने लक्ष्यमा छ ।

मुख्य प्रशिक्षक जगत टमटाले दोस्रो सिजनका लागि टिम कम्बिनेसन राम्रो भएको र उपाधि जित्न आफूहरू विश्वस्त रहेको बताए । ‘यो सिजन उपाधि जित्ने कुरामा हामी विश्वस्त छौं । टिम झनै बलियो छ,’ टमटाले भने ।

दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म हुनेछ ।

सुदूरपश्चिम रोयल्सको टिमः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, विनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन । मुख्य प्रशिक्षकः जगत टमटा ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ५२ बजे

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर