सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु « Khabarhub

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि शनिबारबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा टोलीले काठमाडौं क्रिकेट एकेडेमी (केसीए)मा प्रशिक्षण थालेको हो ।

प्रशिक्षणको पहिलो दिन पाँच खेलाडी सहभागी भएका थिए । पहिलो सिजनमा उपाधि नजिक पुगेको सुदूरपश्चिम यसपटक भने उपाधि जित्ने लक्ष्यमा छ ।

मुख्य प्रशिक्षक जगत टमटाले दोस्रो सिजनका लागि टिम कम्बिनेसन राम्रो भएको र उपाधि जित्न आफूहरू विश्वस्त रहेको बताए । ‘यो सिजन उपाधि जित्ने कुरामा हामी विश्वस्त छौं । टिम झनै बलियो छ,’ टमटाले भने ।

दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म हुनेछ ।

सुदूरपश्चिम रोयल्सको टिमः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, विनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन । मुख्य प्रशिक्षकः जगत टमटा ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ५२ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा