बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते « Khabarhub

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस आज दिउँसो दुर्घटना हुँदा बसमा सवार ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छभने सात जनाको कोल्टी आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको र चार जनालाई थप उपचारका धनगढी ‘रिफर’ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते हुनेमा बस सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका माझगाउँ बस्ने गणेश जोशी, बूढीनन्दा नगरपालिका–७ का ५७ वर्षीय जय सुनार, सोही ठाउँकी १३ वर्षीय सन्ध्या सुनार, १२ वर्षीया सिमा सुनार, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट बस्ने ४५ वर्षीय मनी कामी, बूढीनन्दा नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीय लक्ष्मी मल्ल रहेका छन् ।

यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उनकी छोरी दुई वर्षीया जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह र जेसिका सिंह घाइते भएकी छन् ।

यसैगरी बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४० वर्षीया राममाया सुनार, सोही वडाकी ४५ वर्षीया इसरादेवी सुनार, हिमाली गाउँपालिका–५ रुगिन बस्ने १७ वर्षीय प्रकाश चदारा, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बझाङको खप्तड छान्ना गाउँपालिका–५ बस्ने १८ वर्षीय पविन्द्र सिंह, बूढीनन्दा नगरपालिका–६ कोटिला बस्ने उमेश भाट रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका–५ बस्ने १४ वर्षीय गगन महतरा, सोही गाउँका १८ वर्षीय रोशन महतरा, हिमाली गाउँपालिका–६ पाँडी बस्ने २६ वर्षीय गणेश भण्डारी, सोही गाउँपालिका–४ फैती बस्ने १७ वर्षीय फपिन्द्र सुनार, सोही वडामा बस्ने ५८ वर्षीय तुल सुनार र बूढीनन्दा नगरपालिका–६ बस्ने २० वर्षीय दीपेन्द्र भण्डारीसहित ३० जना घाइते भएका हुन् ।

कोल्टीबाट धनगढीका लागि छुटेको बस सेरकाटियाको उकालोमा सामान राख्ने क्रममा दुर्घटना भएको बताइएको छ । बस दुर्घटनापछि चालक भने फरार रहेका छन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ०८ बजे

एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा

टेलिकमलको जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले ग्राहक विवरण (केवाईसी-नो इयोर

संविधान संरक्षण गर्दै आवश्यक संशोधनबाट क्रियाशील बनाइने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी

‘श्री बुकुरो’ : दशकौँको फिल्म यात्रामा लक्ष्मीको नयाँ मोड

काठमाडौं- ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ

मदनसहितले ०४८ मा अघि सारेको चुनावी एजेन्डाबाट के–के छाड्यो एमालेले ?

काठमाडौं– नेकपा (एमाले)ले काठमाडौंमा भएको पाँचौँ महाधिवेशनपश्चात् मार्गनिर्देश सिद्धान्तका रुपमा