पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध « Khabarhub

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा आज साँझदेखि सो सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन् ।

पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गा झर्ने क्रम नरोकिएकाले समस्या भइरहेको उनले जानकारी दिए । सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : १५ बजे

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, सबैभन्दा बढी आगलागी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय