भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन « Khabarhub

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको घटनालाई गलत रूपमा नेपाली नागरिकमाथिको विभेदको रूपमा प्रस्तुत गरिएको भारत सरकारले दाबी गरेको छ।

भारत सरकारको प्रेस सूचना ब्यूरोले उक्त घटनामा भारतीय अध्यागमनको भूमिका नरहेको जनाएको हो । अधिकारी काठमाडौँबाट एयर इन्डियाको उडानमार्फत दिल्ली आइपुगेकी थिइन् । त्यहाँबाट कतार एयरवेजको ट्रान्जिट उडानमार्फत बर्लिन जाने तयारीमा थिइन्।

तर कतार एयरवेजले उनको भिसा अवधि र गन्तव्य देशका नियमका कारण उडानमा चढ्न नदिने निर्णय गरेको भारतीय पक्षले दाबी गरेको छ । कतार एयरवेजलै उनलाई पुनः काठमाडौँ फर्काएको पनि वक्तव्यमा भनिएको छ ।

यस किसिमका निर्णय एयरलाइन्सहरूले सम्बन्धित देशका भिसा नियमअनुसार गर्ने भारत सरकारको दाबी छ । ‘यसमा इमिग्रेशनको कुनै संलग्नता हुँदैन,’ वक्तव्यमा भनिएको छ । दिल्लीमा रोकिएपछि अधिकारीले यात्रा तालिका फेरि मिलाएर अर्को मार्ग हुँदै जर्मनी प्रस्थान गरेकी थिइन्।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूले आफ्नो अगाडिको उडानका लागि भारतीय इमिग्रेशनमा पुग्नु आवश्यक पर्दैन। यो पूर्ण रूपमा यात्रु र एयरलाइनबीचको विषय हो, जसमा भारतीय इमिग्रेशनको कुनै भूमिका हुँदैन।’

भारतले नेपालसँगको बलियो मित्रता र आपसी सम्बन्धको कदर गर्दै कुनै पनि भारतीय निकायले नेपाली नागरिकमाथि पूर्वाग्रह वा विभेद नगरेको जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १० : ३० बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग