अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान « Khabarhub

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण भई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आठ महिनाको अभियान सुरु गरेको छ ।

रूसी सोयुज प्रक्षेपण यान बिहान २:२७ बजे (बाइकोनुर, काजाकिस्तान) बाट प्रक्षेपण गरिएको थियो । यस अन्तरिक्षयानमा अमेरिकी अन्तरिक्ष यात्री क्रिस विलियम्स र रूसी सहकर्मीहरू सर्जेई मिकाएभ र सर्जेई कुद–स्भेर्चकोभ रहेका थिए । सो यान बिहान ५ः३४ बजे अन्तरिक्ष स्टेशनमा जोडिएको थियो ।

तीनै जना करिब आठ महिनासम्म यस कक्षीय स्टेशनमा बस्ने अपेक्षा गरिएको छ । अमेरिकी अन्तरिक्ष यात्री विलियम्स र मिकाएभका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो, भने कुद–स्भेर्चकोभका लागि यो दोस्रो यात्रा हो ।

अन्तरिक्ष स्टेशनमा हाल अमेरिकी अन्तरिक्ष यात्री माइक फिन्क, जेना कार्डम्यान र जोनी किम, जापानी अन्तरिक्ष यात्री किमिया युइ र रूसी अन्तरिक्ष यात्री सर्जेई रिजिकोभ, अलेक्सी जुब्रित्स्की र ओलेग प्लेटोनभ पनि छन् ।

विलियम्सले वैज्ञानिक अनुसन्धान र प्रविधि प्रदर्शन गर्नेछन्, जसले मानव अन्तरिक्ष अन्वेषणमा योगदान पुर्‍याउने र पृथ्वीमा जीवनलाई फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ ।

रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा टोली स्वस्थ रहेको जनाएको छ । तर प्रक्षेपणपछि बाइकोनुरमा गरिएको नियमित निरीक्षणमा प्रक्षेपण स्थलका केही भागहरूमा क्षति पाइएको छ ।

रोस्कोस्मोसले भनेको छ, “क्षतिको मूल्याङ्कन भइरहेको छ, आवश्यक सबै प्रतिस्थापन सामग्री उपलब्ध छन् र चाँडै मर्मत गरिनेछ ।” रासस/एपी

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : ५४ बजे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू

भोजपुरको हसनपुरबाट ८२६ किलो गाँजा बोकेको ट्रयाक्टरसहित नौजना पक्राउ

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवास्थितबाट ८२६ किलो ६६० ग्राम लागु