पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड « Khabarhub

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल म्याड्रिड हारबाट जोगिएको छ।

पहिलो हाफमा १-० ले पछाडि रहेको रियलले दोस्रो हाफमा पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा फर्काएको हो। सोमबार भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा गिरोनाका लागि अज्जेदिन औनाहीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६८ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रियल म्याड्रिडका केलियन एमबाप्पेले खेल बराबरीमा फर्काएका हुन्।

त्यसपछि दुवै पक्षले केही सुन्दर अवसर बनाए पनि गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : ०५ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी