तोरीले पहेँलपुर चितवन (तस्बिरहरू) « Khabarhub

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख भाग हो । जहाँ धान, गहुँ, मकै, लगायत तोरी उत्पादन अत्यधिक हुने गर्दछ ।

यतिबेला चितवन जिल्लाका अधिकांश क्षेत्रमा तोरी फुलेर पहेँलपुर भएको छ ।

कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७ दशमलव ९४ मेट्रिकटन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ । गत वर्ष १४ हजार १७४ हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा १९ हजार एक सय आठ मेट्रिकटन तोरी उत्पादन भएको थियो । 

त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा १२ हजार दुई सय १८ मेट्रिकटन तोरी उत्पादन भएको थियो । 

आव २०७८/०७९ मा १३ हजार दुई सय ७० क्षेत्रफलमा तोरी खेती गरिएकामा १४ हजार आठ सय ६२ मेट्रिकटन तोरी उत्पादन भएको थियो । क्रमशः तोरी उत्पादन र खेती गर्ने क्षेत्रफल विस्तार कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

 पछिल्लो समयमा जिल्लाका किसान नगदेबालीतर्फ आकर्षित हुँदै गर्दा तोरीको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको हो । निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा जङ्गली जनावरले क्षति नपुर्‍याउने भएकाले पनि चितवनमा तोरी खेतीतर्फ किसानको आकर्षण बढेको हो।

तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत कारण थिए। कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टरमा झरेको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

बजारमा तेलको मूल्य वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले किसानलाई तोरी खेती तर्फ आकर्षण बढेको हो ।

चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ। चितवन तोरीका लागि प्रख्यात जिल्ला हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १२ : ३१ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा