रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा « Khabarhub

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । वडा नम्बर ३ मा रहेको थानापति स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरेसँगै रुरुक्षेत्रका छ वटै वडाका नागरिकको पहुँचमा ल्याब सेवा पुगेको हो । 

ल्याब सेवा सञ्चालनका लागि प्रत्येक स्वास्थ्य चौकीमा एक-एक ल्याब टेक्निसियनको दरबन्दी थप गरिएको छ । ल्याब सेवा सुरू भएपछि स्थानीयलाई रगत, पिसाब, हर्मोन लगायतका रोगको परीक्षण गर्न रिडी वा श्रृङ्गा अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

त्यसैगरी गर्भवतीलगायत अन्य बिरामीको रगत परीक्षण, रगत ग्रुपको पहिचान लगायतका सेवामा सहज भएको गाउँपालिकाले जनाएको छ । 

स्वास्थ्य चौकीबाट यसभन्दा पहिले खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन, सर्ने तथा नसर्ने रोग, सरकारले तोकेका औषधिको उपलब्धता लगायतका सेवा प्रदान हुदैँ आएको थियो । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार स्वास्थ्य क्षेत्रमा रुरुक्षेत्र अब्बल बन्दै गएको छ । 

‘पालिकाभित्रका सबै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउने लक्ष्य हो’, अध्यक्ष ज्ञवालीले भने, ‘निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गरेका छौँ ।’ उनले रिडीमा १५ शैय्याको अस्पताल सञ्चालनको अन्तिम तयारी भएको बताए।
 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १२ : ४३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको