ट्रम्प–मदुरो संवाद, काराकासको आपत्ति « Khabarhub

ट्रम्प–मदुरो संवाद, काराकासको आपत्ति


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग गरेको फोन वार्तालाई आइतबार पुष्टि गरेका छन् ।

उनले उक्त संवादको परिणामबारे स्पष्ट केही भन्न नसक्ने बताउँदै ‘यो एउटा फोन कल मात्र थियो’ भनी टिप्पणी गरे। तर काराकासले भने अमेरिकाले सम्भावित आक्रमणको तयारी गरिरहेको भन्दै कडा निन्दा गरेको छ ।

अमेरिकाले क्यारेबियन क्षेत्रमा सैन्य उपस्थिति बढाएको, मदुरोसँग जोडिएको कथित ‘कार्टेल अफ द सन’ लाई आतङ्कवादी समूह घोषणाको चेतावनी दिएको र भेनेजुएलाको हवाई क्षेत्र बन्द हुनसक्ने संकेत दिएको कारण वातावरण झनै चर्किएको छ । वासिङ्टनले भने आफ्नो सैन्य तैनाथीको मुख्य उद्देश्य लागुऔषध तस्करी रोकथाम भएको दाबी गर्दै आएको छ, तर काराकासले यसलाई शासन परिवर्तनको पूर्वतयारीका रूपमा व्याख्या गर्दै आएको छ ।

अमेरिकी मिडियाहरूले हालै ट्रम्प–मदुरोबीच सम्भावित भेटबारे छलफल भएको र मदुरोले पदत्याग गरेमा सम्भावित माफीका सर्तहरू पनि उठेको बताएका थिए । अमेरिकी सिनेटर मार्कवेन मुलिनले समेत मदुरोलाई देश छोडेर रुस वा अन्य स्थानमा बसाइँ सर्न सक्ने विकल्प प्रस्ताव गरिएको जानकारी दिएका छन् ।

अमेरिकाले मदुरोलाई लागुऔषध तस्करीमा संलग्न आपराधिक समूहको नेतृत्व गरेको आरोप लगाउँदै पाँच करोड डलरको पुरस्कारसमेत घोषणा गरेको छ । तर भेनेजुएला र त्यसका सहयोगी राष्ट्रहरूले त्यस्तो सङ्गठन अस्तित्वमै नभएको स्पष्ट गर्दै आएका छन् । धेरै विशेषज्ञहरूका अनुसार ‘कार्टेल अफ द सन’ को अर्थ वास्तवमा केही उच्च पदस्थ अधिकारीहरूमाझको भ्रष्टाचारजन्य आपराधिक गतिविधिहरूलाई जनाउने अवधारणा रहेको बताइन्छ ।

गत वर्षको राष्ट्रपति चुनावमा मदुरो विजयी भएको तथ्यलाई संयुक्त राज्य अमेरिकाले स्वीकार गरेको छैन । ट्रम्पले सार्वजनिक रूपमा बल प्रयोग गर्ने उद्घोष नगरे पनि उहाँले भेनेजुएलाबाट हुने लागूऔषध तस्करी ‘धेरै चाँडै’ भूमिबाटै रोक्ने संकेत दिए ।

यसैबीच, राष्ट्रपति मदुरोले ओपेकलाई पत्र लेखी अमेरिकी ‘आक्रमण रोक्न’ सहयोग गर्न अनुरोध गरेका छन् । उनले वासिङ्टनले भेनेजुएलाको विश्वकै सबैभन्दा ठूलो तेल भण्डार कब्जा गर्न सैन्य बल प्रयोग गर्न खोजिरहेको दाबी गरेका छन् ।

सेप्टेम्बरयता अमेरिकाले क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा कथित लागूऔषध तस्करीमा संलग्न डुङ्गाहरू लक्ष्य गर्दै हवाई आक्रमण गरिरहेकामा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । अमेरिकाले प्रस्तुत गरेका धेरै आरोपका लागि ठोस प्रमाण नदेखिएको बताउँदै विशेषज्ञहरूले पनि कारबाहीको वैधतामाथि प्रश्न उठाइरहेका छन् ।

अमेरिकी मिडियाले सेप्टेम्बरमा भएको एक आक्रमणपछि बचेका व्यक्तिमाथि थप प्रहार गरिएकै कारण मृतकको सङ्ख्या बढेको खुलाएका थिए । यस सम्बन्धमा रक्षामन्त्री पिट हेग्सेथले ‘सबैलाई समाप्त गर्ने’ आदेश दिएको थियो भन्ने दाबी भए पनि ट्रम्पले सो आरोप अस्वीकार गरेका छन् । हेग्सेथले भने आफूले त्यस्तो आदेश नदिएको स्पष्ट गरेका छन् भने भेनेजुएलाका वरिष्ठ सांसद जोर्ज रोड्रिग्जले यस्तो घटना युद्ध अपराध सरह ठहरिन सक्ने बताए।

यसबीच, अमेरिकी विशाल विमान वाहक क्यारेबियनमा तैनाथ गरिएकाले वातावरण अझ संवेदनशील बनेको छ । अमेरिकी लडाकु र बमवर्षक विमानहरू भेनेजुएलाको तट नजिकै निरन्तर उडिरहेका छन् । यस तनावपछि केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले भेनेजुएलातर्फका उडान रद्द गरे पनि आइतबार काराकास विमानस्थल नियमित रूपमा सञ्चालन भइरहेको देखिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : ०० बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले