नार खोला जलविद्युत आयोजनामा कुमारीसहित पाँच बैंकको ऋण जुट्यो « Khabarhub

नार खोला जलविद्युत आयोजनामा कुमारीसहित पाँच बैंकको ऋण जुट्यो


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनाङमा निर्माण हुन लागेको ६१.११ मेगावाटको नार खोला जलविद्युत आयोजना अब कुमारी बैंकको अगुवाइमा अघि बढ्ने भएको छ। बैंक समूह र प्रवद्र्धक कम्पनीबीच सोमबार वित्तीय ऋण लगानी सम्झौता सम्पन्न भएको छ।

नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा हस्ताक्षर गर्दै वित्तीय संरचना टुङ्ग्याएका हुन्।

मनाङको नार्पाभूमि र नासोँ गाउँपालिकामा पर्ने नार खोला र सोती खोलालाई एकीकृत गरेर आयोजना निर्माण हुँदैछ। ६१.११ मेगावाट क्षमताको यो आयोजना नेपाल विद्युत प्राधिकरणसँगको पावर पर्चेज एग्रिमेन्ट पहिले नै भइसकेको छ।

वित्तीय व्यवस्थापन कुमारी बैंकले नेतृत्व गर्नेछ, भने नेपाल एसबीआई बैंक सह–अगुवाका रूपमा रहनेछ। कृषिविकास बैंक, एनआईसी एसिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंक भएर सहभागी छन्।

आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहनेछ र वार्षिक उत्पादन ३६६.४८ गिगावाट घण्टा हुने अनुमान गरिएको छ। हेडरेस टनेल करिब ८ किलोमिटर लामो हुनेछ। बाँध नार्पाभूमि गाउँपालिकामा रहनेछ भने सुरुङमार्ग हुँदै नासोँ गाउँपालिकामा रहेको पावर हाउसमा पानी पुर्‍याइनेछ। उत्पादित विद्युत मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेसनमा जोडिनेछ।

कुल लागत १२ अर्ब ८४ करोड रहेको आयोजनामा बैंक कर्जा ९ अर्ब ६३ करोड र स्वपूँजी ३ अर्ब २१ करोड छ। सिंगटी हाइड्रो इनर्जी लिमिटेड मुख्य लगानीकर्ता रहने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : ३८ बजे

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि