नार खोला जलविद्युत आयोजनामा कुमारीसहित पाँच बैंकको ऋण जुट्यो « Khabarhub

नार खोला जलविद्युत आयोजनामा कुमारीसहित पाँच बैंकको ऋण जुट्यो


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनाङमा निर्माण हुन लागेको ६१.११ मेगावाटको नार खोला जलविद्युत आयोजना अब कुमारी बैंकको अगुवाइमा अघि बढ्ने भएको छ। बैंक समूह र प्रवद्र्धक कम्पनीबीच सोमबार वित्तीय ऋण लगानी सम्झौता सम्पन्न भएको छ।

नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा हस्ताक्षर गर्दै वित्तीय संरचना टुङ्ग्याएका हुन्।

मनाङको नार्पाभूमि र नासोँ गाउँपालिकामा पर्ने नार खोला र सोती खोलालाई एकीकृत गरेर आयोजना निर्माण हुँदैछ। ६१.११ मेगावाट क्षमताको यो आयोजना नेपाल विद्युत प्राधिकरणसँगको पावर पर्चेज एग्रिमेन्ट पहिले नै भइसकेको छ।

वित्तीय व्यवस्थापन कुमारी बैंकले नेतृत्व गर्नेछ, भने नेपाल एसबीआई बैंक सह–अगुवाका रूपमा रहनेछ। कृषिविकास बैंक, एनआईसी एसिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंक भएर सहभागी छन्।

आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहनेछ र वार्षिक उत्पादन ३६६.४८ गिगावाट घण्टा हुने अनुमान गरिएको छ। हेडरेस टनेल करिब ८ किलोमिटर लामो हुनेछ। बाँध नार्पाभूमि गाउँपालिकामा रहनेछ भने सुरुङमार्ग हुँदै नासोँ गाउँपालिकामा रहेको पावर हाउसमा पानी पुर्‍याइनेछ। उत्पादित विद्युत मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेसनमा जोडिनेछ।

कुल लागत १२ अर्ब ८४ करोड रहेको आयोजनामा बैंक कर्जा ९ अर्ब ६३ करोड र स्वपूँजी ३ अर्ब २१ करोड छ। सिंगटी हाइड्रो इनर्जी लिमिटेड मुख्य लगानीकर्ता रहने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : ३८ बजे

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी

काठमाडौं- नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका