चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण « Khabarhub

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले आइतबार नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

लङ मार्च–७  रकेटले ‘शिजियान–२८  उपग्रह’ बोकेर सन् २०२५ नोभेम्बर ३० का दिन साँझ ८:२० बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको हो।

‘शिजियान–२८ उपग्रहु चीनद्वारा विकसित गरिएको एक प्रायोगिक तथा प्राविधिक परीक्षण गर्ने प्रकारको उपग्रह हो, जसको मुख्य उद्देश्य नयाँ अन्तरिक्ष प्रविधि, उपकरण, सञ्चार प्रणाली र वैज्ञानिक उपकरणहरूको कार्यक्षमता जाँच्ने तथा सुधार गर्ने हो। 

यस उपग्रहलाई उन्नत परीक्षण प्लेटफर्मका रूपमा प्रयोग गरिन्छ, जहाँ भविष्यका ठूला अन्तरिक्ष परियोजनामा आवश्यक तकनीकहरू (जस्तै उर्जाको दक्षता, डाटा सञ्चार र सेन्सरहरूको कार्य परीक्षण गरिन्छ।)

उपग्रहले प्रक्षेपणपछि आफ्नो पूर्वनिर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको चीनले जानकारी दिएको छ। यससँगै लङ मार्च श्रृंखलाका वाहक रकेटको यो ६११औँ उडान मिसन भएको पनि सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ६ : ०६ बजे

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी