सरकारले खारेज गरेको भूमि आयोग यथास्थितिमा राख्न सर्वोच्चको आदेश « Khabarhub

सरकारले खारेज गरेको भूमि आयोग यथास्थितिमा राख्न सर्वोच्चको आदेश


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले खारेज गरेको भूमि समस्या समाधान आयोग सर्वोच्च अदालतले ब्युँताएको छ।

सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी गर्दै सरकारको निर्णय बदर गरेको हो।

यसअघि सरकारले भूमि आयोग र त्यसको जिल्ला संरचना खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध गत कात्तिक ९ गते सर्वोच्चमा रिट परेको थियो।

उक्त रिटमा सर्वोच्चले पहिले अल्पकालीन अन्तरिम आदेश र अहिले अन्तरिम आदेश जारी गरेको थियो।

मन्त्रिपरिषद्ले असोज २३ गते भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गरेको थियो।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ९ : ५७ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह