युक्रेनको बाटो हुँदै रुसी ग्यास आपूर्ति बन्द | Khabarhub Khabarhub

युक्रेनको बाटो हुँदै रुसी ग्यास आपूर्ति बन्द


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनले रुसमा ग्यास आपूर्तिका लागि आफ्नो भूमि प्रयोगमा रोक लगाएको छ।

मस्कोसँगको सम्झौता बुधबार सकिएपछि युक्रेनले सो निर्णय गरेको हो। यो अपेक्षित तर अर्थपूर्ण निर्णय मानिएको छ। लगभग तीन वर्ष युद्ध भइसकेपछि युक्रेनले रुसकै कारण क्षति व्यहोरेको छ। अन्य युरोपेली देशले भने युद्धको सुरुवाती चरणमा नै रुसी ग्यास प्रयोग नगर्ने निर्णय गरिसकेका थिए।

युक्रेनको ऊर्जा मन्त्रालयले राष्ट्रिय सुरक्षाका लागि यो निर्णय आवश्यक रहेको बताए। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसलाई ऐतिहासिक समेत भनिएको छ।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले यसलाई रुसको ठुलो हारको रूपमा व्याख्या गरेका छन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

सन् २०१९ मा युक्रेनको जाफुटोजारसँग सम्झौता भएको क्रेमलिनको ग्यास गाजप्रोमले ६ दशमलव ९ अर्ब अमेरिकी डलर क्षति सहेको जनाइएको छ। २० वर्षमा त्यो सबै भन्दा ठुलो क्षति थियो।

अब युक्रेनले रुसबाट पाउँदै आएको ट्रान्जिट फी बापतको वार्षिक ८०० मिलियन अमेरिकी डलर गुमाउने छ। यसैगरी गाजप्रोमले ग्यास बिक्री बापतको ५ अर्ब अमेरिकी डलर आम्दानी गुमाउने छ।

अस्ट्रिया, हंगेरी र स्लोभाकियामा मुख्य रूपमा त्यो बाटोबाट ग्यास जाने गरेको थियो।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ६ : २० बजे

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका