दुई ठूला दलको सरकारबाट पनि सुधारको सङ्केत देखिएन : यादव | Khabarhub Khabarhub

दुई ठूला दलको सरकारबाट पनि सुधारको सङ्केत देखिएन : यादव


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई ठूला दल मिलेर सरकार बने पनि सुधारका कुनै सकारात्मक सङ्केत देखा पर्न नसकेको बताएका छन् ।

अवधी पत्रकार संघ नेपालले विहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले ठूला दल मिलेर सरकार बनाएको धेरै दिन भए पनि सुधारका कुनै सकारात्मक सङ्केत देखा पर्न नसकेको टिप्पणी गरेका हुन् ।

नयाँ सरकार बनेपछि पनि आर्थिक, राजनीतिक, प्रशासनिक, विकास निर्माण लगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको उनको भनाइ छ ।

अध्यक्ष यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफूहरूले धेरै अघि नै आन्दोलन गरेको भन्दै अव संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखे ।

उनले विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले सङ्घीय सरकारले आवश्यक कानून बनाउन नसक्दा सङ्घीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा राखे ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ११ : ५६ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला