बैंकिङ क्षेत्र धराशायी भए नेपालको अर्थतन्त्र कसैले सम्हाल्न सक्दैन | Khabarhub Khabarhub

बैंकिङ क्षेत्र धराशायी भए नेपालको अर्थतन्त्र कसैले सम्हाल्न सक्दैन



नेपालमा कुनै बेला तीनवटा बैंकमात्रै सञ्चालनमा थिए । जब निजी क्षेत्रलाई खुला गरियो – आजको आवश्यकताअनुसार माग पूरा गर्न सकिरहेका छौँ । निजी क्षेत्रले बैंकिङ क्षेत्रमा लगानी नगरेको भए हामी शायदै यति सक्षम हुन्थ्यौँ ।

बैंकमा चारवटा क्षेत्र जोडिन्छ । पहिलो त निजी क्षेत्रले लगानी गरेको हुन्छ । लगानी मात्रले पुग्दैन । त्यसपछि बचतकर्ताले बचत गर्छन् । त्यसपछि त्यहाँका कर्मचारीले बैंकलाई चलायमान गराउँछन् । अन्तिममा उद्योगी व्यवसायीले ऋण लिएका हुन्छन् ।

त्यो ऋणबाट आर्जित ब्याजबाटै पहिलो प्राथमिकतामा त्यहाँका कर्मचारीले तलब लिन्छन् । त्यसपछि बचतकर्तालाई ब्याज दिइन्छ । त्यसपछि सरकारलाई कर बुझाएर लगानीकर्ताहरूलाई लाभांश बाँढिएको हुन्छ । यही श्रृङ्खलामा बैंकिङ क्षेत्र घुमिरहेको थियो ।

यहाँ महत्वपूर्ण कुरा के हा भने ऋण दिने जुन परिपाटी हाम्रो बैंकिङ क्षेत्रमा भयो नि ! दोब्बर धितो राख्नुपर्ने परिपाटी बनाइयो । हाम्रा परियोजनाहरू त धितोमा हुन्थे नै ! तर, घर–जग्गा नराखी व्यवसायीहरूले कहिल्यै ऋण लिन सकेनन् ।

संविधान जारी भएपछि र कारोना महामारीले दपेट्नुअघिको तीन वर्षमा हाम्रो कुल गार्हस्थ वृद्धिदर (जीडीपी ग्रोथ) वार्षिक पौने आठ प्रतिशत हाराहारी रह्यो । त्यतिबेला हामीले के भन्यौँ भने पर्यटन क्षेत्र र जलविद्युत क्षेत्रलाई अलिकति प्रोत्साहन गरिदिए वार्षिक नौ प्रतिशत हाराहारीमा आर्थिक वृृद्धिदर हासिल गर्न सक्छौँ ।

तर, हामीलाई कोरोना महामारीले दपेट्यो । २०७७ मा त वर्षैभरजसो लकडाउन भयो । पूरै अर्थतन्त्र शिथिल अवस्थामा पुग्यो । हामीले नकारात्मक वृद्धिदर (–०.२९ प्रतिशत) ब्यहोर्नुपर्‍यो । हाम्रो केन्द्रीय बैंकले तत्कालै राम्रो नीति लियो । हामी (व्यवसायी)लाई सहज बनाउने खालको नीति थियो ।

अन्य देशहरूमा र हाम्रो देशमा केही फरक देखियो । अन्य देशहरूले त्यतिबेला कोभिडको प्रभाव कम गर्न पाँच प्रतिशतको स्टिमूलेसन गरे । त्यो लामो समयसम्मको लागि भयो । कतिपय देशहरू अझैसम्म त्यो चलिरहेको छ । तर, हाम्रो सरकारसँग त्यसो गर्न पर्याप्त स्रोत थिएन । त्यतिखेर बैंकिङ क्षेत्रकै कोषबाट २५० मिलियन पुनकर्जाको रूपमा वितरण गरी अर्थतन्त्रलाई सहयोग गरेकै हो । त्यसो गर्न सकेकाले आर्थिक वर्ष २०७७/०७८ मा ३.९ र २०७८/०८९ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर भयो । हामी पुनः पुरानै लयमा फर्कन थाल्यौँ । त्यसले निरन्तरता पाउनुपर्थ्यो ।

कोभिडको प्रभाव अन्य क्षेत्रमा पनि पर्न गयो नि त ! विदेशी कामदारले पठाउने रेमिट्यान्स (विप्रेषण)मा कमी आयो । रेमिट्यान्समा कमी आउनेबित्तिकै विदेशी मुद्रा सञ्चिति नै घट्यो । विदेशी मुद्रको कमी देखियो । त्यतिखेर श्रीलङ्कामा त सात दिनलाई आवश्यक वस्तु तथा सेवा आयात गर्दा भुक्तानी दिनुपर्ने विदेशी मुद्रा पनि बाँकी थिएन । हामीले पनि कठिनाइ भोगिरहेका थियौँ ।

त्यसको प्रभाव पनि थपिँदा १०० को स्पीडमा गुडिरहँदा अपझैट ब्रेक लागेर यूटर्न गरेजस्तो भयो । अर्थतन्त्रमा शिथिलता थपियो । केन्द्रीय बैंकले पछि ल्याएको सङ्कुुचित नीतिले चार/पाँचवटा क्षेत्रमा प्रभाव पर्‍यो । सबैभन्दा पहिले त शेयर बजार क्य्रास भयो । तीन हजार बिन्दु हाराहारीमा भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) इन्डेक्स एकैपटक दुई हजार हाराहारीमा झर्‍यो । अर्थतन्त्रको प्राथमिक क्षेत्रजस्तै बनिसकेको घरजग्गा कारोबार ठप्पजस्तै भयो । उद्यमी–व्यवसायीले आफ्नो कमाइले घरजग्गा कारोबार गर्ने थाल्यौँ । किनकी बैंकले जग्गा खरिद गरेपछि मात्र कर्जा दिने भयो । कर्जा लिनकै लागि भए पनि घरजग्गा त जोड्नैपर्ने भयो ।

कमलेशकुमार अग्रवाल ।

व्यवसायीहरूले पहिले घरजग्गा किन्न थाले । त्यसपछि मात्रै व्यवसायका लागि बैंक/वित्तीय संस्थाबाट कर्जा लिन थाले । उहाँहरूमा पनि के देखियो भने कथम–कदाचित उद्योग व्यवसायले नाफा गर्न नसके घरजग्गाको दाम बढिहाल्छ भन्ने भन्ने भयो । त्यसबेला जुन हिसाबले घरजग्गाको दाम बढिरहेको थियो – त्यो हिसाबले आकलन गर्न सकिने अवस्था पनि थियो ।

तर, घरजग्गा कारोबारमा एक्कासी शिथिलता देखियो । खुला बजार अर्थतन्त्रमा जुन खालको नीतिले काम गरिरहेको थियो, सङ्कुचित नीति ल्याउँदा ब्याजदर नै दोब्बर भयो । हामीले सात/आठ प्रतिशतमा लिइरहेको कर्जाको ब्याजदर एकाएक १५/१६ प्रतिशतसम्म पुग्यो ।

केन्द्रीय बैंक र सरकारले नै आर्थिक नीति सङ्कुुचन गर्ने बाटो अपनायो । आयातमा रोक लगाउनेदेखि हरेक हिसाबको काम भए । ब्याजदर एकाएक वृद्धि हुनुमा दुई कारण थिए । एउटा – हाम्रो आन्तरिक नीति । अर्को – प्रिमियम बढाउनु ।

मलाई लाग्छ कि त्यसबेला तत्काल खाताको रूपमा बजार खाता प्रयोग भइरहेको थियो । त्यसबेला उहाँहरूले के नीति ल्याइदिनु भयो भने पाँच प्रतिशतभन्दा बढी फरक देखिनु भएन । त्यसकारण ब्याजदर एक्कासी बढ्यो । प्रिमियममा पनि माथि पुग्यो ।

त्यही बेला सरकारले पनि केही बस्तुमा प्रतिबन्ध लागायो । यसले गर्दा राजस्वमा कमी भयो । राजस्वको दबाब पनि निजी क्षेत्रमा पर्‍यो । त्यसबेला जबरजस्ती गरेर भए पनि राजस्व उठाउने प्रयास गरियो । त्यसको दायित्व निजी क्षेत्रमा नै ब्यहोर्नुपर्‍यो । यता फेरि घरजग्गा र शेयर बजारमा शिथिलता आउनासाथ सहकारी क्षेत्र समस्याग्रस्त भयो । उनीहरूको धेरै लगानी घरजग्गामा थियो । घरजग्गाको मूल्य घट्यो ।

अहिले अवस्था कस्तो भयो भने शहरी क्षेत्रको जति पनि सम्पत्ति बैंकमा छ – त्यो सबै लिलामीमा निकालिरहेका छ । तर, किन्ने मान्छे छैनन् । सम्पत्ति मूल्याङ्कन घटेको छ । बैंकलाई तिर्नुपर्ने ब्याज बढेको–बढ्यै छ । बैंकले कालोसूचीको तथ्याङ्क आयो । त्यो सूचीमा पर्ने डेढ लाख पुगिसके । अहिले त उहाँहरूले व्यवस्थापन गरेको मात्र हो । अझै धेरै थपिनेवाला छन् ।

वास्तविक निष्क्रिय कर्जा (एनपीएल) हेर्नुभयो भने निकै माथि जान्छ । अन्तराष्ट्रिय अडिटको कुरा आइरहेको छ । म भन्छु – अहिलेको अवस्थामा अडिट गर्नै नहुने चिज हो । हामी सबैलाई थाहा छ कि कहाँ के भइरहेको छ । इज्जत ढाक्नुपर्ने बेला आयो ।

आजको दिनमा इतिहासकै उच्चस्तरको विदेशी मुद्रा सञ्चिति छ । हाम्रो शोधानान्तर घाटा अहिले बचतमा छ । चालु खाता बचतमा छ । यी सबैको बाबजुद पनि हाम्रा वित्त नीति र मौद्रिक नीति त्यति राम्रा छैनन् ।

मौद्रिक नीति यो वर्षको सुरुवातदेखि केही सजगतापूर्वक कार्यान्वयन गर्ने भनियो । तर कछुवा गतिले मात्रै सुधार भइरहेको छ । राज्यले वित्त नीतिमा तीन वर्षमा जुन ढङ्गले परिवर्तन गर्‍यो, त्यसमा पनि केही सुधार गर्ने खोजिरहेको देखिन्छ । त्यो सुधार पनि कछुवा गतिकै छ । अहिले हाम्रो अर्थतन्त्रको वृद्धिदर निकै सुस्त छ । बेरोजगारको सङ्ख्या बढी हुँदा जनशक्ति बाहिरिएको छ । यता रेमिट्यान्स बढिरहेको छ ।

बैंकिङ क्षेत्रको मुहान भनेको पनि त निजी क्षेत्र नै हो । मुहानै क्षतिग्रस्त बनाउनेतर्फ पो हामी लागिरहेका छौँ कि ! त्यो मुहानलाई हामीले संरक्षण गरेका छैनौँ । निजी क्षेत्रको अवस्था एकपटक मूल्याङ्कन गरेर हेरौँ न ! अहिलेसम्म त कसैले पनि मूल्याङ्कन गरेको छैन ।

हाम्रा तथ्याङ्कहरूले विदेशी सञ्चिति यति उच्च देखाइरहेको छ कि मलाई लाग्छ – हाम्रो राज्य त्यसैमा रमाइरहेको छ । निरन्तर यही स्थिति कायम रहने हो भने भोलिका दिनमा अवस्था भयावह हुनेछ ।

निर्माण क्षेत्रमा गएको कर्जा पनि मङ्सिरसम्मका लागि मात्र पुनःतालिकीकरण गरिएको छ । अब बैंकिङ क्षेत्रले धमाधम कालोसूचीमा राखेर, धितोको घरजग्गा तथा सम्पत्ति लिएर के गर्ने हो, त्यसको ठेगान छैन । तीन वर्षमा उहाँहरूले पनि त्यो बिक्री गर्नुपर्छ । त्यसपछि कहाँ जाने हो ? कसरी सहकारीको समस्या सुल्झिने हो ? अहिले यो अवस्थामा हाम्रो अर्थतन्त्र चलिरहेको छ ।

हाम्रोजस्तो मुलुकमा एक लाख व्यापारी कालोसूचीमा छन् भने बाँकी कति बचेका होलान् ? एक लाखभन्दा बढी व्यापारी कालोसूचीमा पर्दा त्यसको चेन इफेक्टले कति उद्यमी/व्यवसायीहरूलाई प्रभावित बनाएको होला ? तत्काललाई यो अवस्थाबाट उन्मुक्ति चाहिएको छ ।

यतिबेला उद्यमी/व्यवसायीहरूलाई कर्जाको पुनःतालिकीकरण चाहिएको छ । चालु पुँजी कर्जा व्यवस्थाले हामीलाई झनै अवरोध खडा गरेको छ । पहिले नै कर्जा लिएका व्यवसायीले सो रकम प्रयोग गर्नै सकिरहेका छैनन्, न त नयाँ लगानीकर्ता नै आउनसकेका छन् । उत्साह नै देखिँदैन ।

अहिले पनि बैंकिङ क्षेत्रमा सात खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । ब्याज पनि घटिसकेको छ । राज्यले कहिल्यै यसतर्फ सोचेको छैन । निजी क्षेत्र त जति प्रभावित हुनुपर्ने हो, त्यो भइरहेकै छ । यही अवस्था कायम रहे बैंकिङ क्षेत्र भोलिका दिनमा धराशायी हुन थाल्छ । त्यसपछि त समग्र अर्थतन्त्रलाई नै कसैले थेग्न सक्दैन ।

(खबरहब डटकम र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च [आइएसएसआर]को संयुक्त आयोजनामा मंगलबार सम्पन्न ‘बैंकिङ क्षेत्रका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा अग्रवालले राखेका विचारको सम्पादित अंश । – सं.)

यो पनि –

राष्ट्र बैंकमाथि प्रश्न : विदेशीले जे भन्छन्, त्यतै दौडिने ?

बैंकहरू ‘साइलक’ को नयाँ संस्करण नबनून्

‘चेक बाउन्स’मा जेल, बैंकको झेल ?

बैंकिङ क्षेत्रको चुनौती : सहकारीपछि बैंकमा जोखिमको घण्टी

पूर्वमन्त्री र पूर्वमुख्यसचिवको दोहोरी : कर्मचारी खराब कि नेता ?

बैंकले उत्पादनशील क्षेत्रमा लगानी नगरे समस्या पर्नसक्छ

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १२ : २४ बजे

बागमती प्रदेशसभा बैठक बस्दै 

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका छन्

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

अष्ट्रेलिया– अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गभर्नर जनरल साम

‘मिसेस ब्युटी क्विन नेपाल– २०२५’ को ताज वर्षा कुवरलाई  

काठमाडौं– व्यवसायी वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको