मुक्कुमलुङ दर्शन गर्न पुगेका तीनजना पक्राउ, ताप्लेजुङमा तनाव « Khabarhub

मुक्कुमलुङ दर्शन गर्न पुगेका तीनजना पक्राउ, ताप्लेजुङमा तनाव



सुनसरी– ताप्लेजुङको सेमुक्ति कोक्मा/मुक्कुमलुङ संरक्षणमा लागेको आरोपमा तीन युवाहरूलाई बुधबार राति ताप्लेजुङ बजारबाट प्रहरीले पक्राउ गरेपछि थप तनाव बढेको छ ।

मुक्कुमलुङ संयुक्त संघर्ष समिति सल्लाहकारसमेत रहेकी ‘नो केवलकार अभियन्ता’ सरु सिङ्गककाअनुसार मुक्कमुलुङ दर्शन गर्न इलामबाट आएका जनम इधिङ्गो लिम्बू, सञ्जोग नुगो र सुसिल नुगोलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

संघर्ष समितिका संयोजक श्रीलिङ्खिम लिम्बुले राति ९ बजे मुक्कुमलुङ माङको विशेष पूजा गर्न इलामबाट पुगेका दर्शननार्थीलाई स्वागत गर्ने क्रममा तीनजनालाई प्रहरीले पक्राउ गरेको बताए ।

प्रहरीले पक्राउ गर्नुअघि उनीहरुलाई मुक्कुमलुङ (पाथिभरा)मा केवलकार बन्नुपर्नेे पक्षका केही युवाले कुटपिट गरेका थिए । श्रीलिङ्खिमले भने, ‘प्रहरीले कुटपिटमा संलग्न ती युवालाई पक्राउ गर्नुको सट्टा तीर्थयात्रीलाई बिनाकारण धरपकड अर्को तनाव बढाएको छ ।’

प्रकृतिकपुजक रैथाने याक्थुङ लिम्बूहरूले युमा÷तागेरनिङ्वाफुमाङ बस्ने पवित्रस्थल मुक्कुमलुङ÷सेमुक्ति कोक्मा भनेर मुन्धुम अनुसार पुकार्दै आए पनि पञ्चायतकालको प्रारम्भिककालमा आएर उक्त डाँडाको नाम पाथीभरा राखिएको थियो ।

पाथीभरामा ५० को दशकमा पाथीभरा देवीको मूर्ति स्थापना गरेपछि धार्मिक र सांस्कृतिक विवाद भित्रभित्रै भुसको आगो जस्तै सल्किन थालेको थियो । पछिल्लो समयमा व्यापारिक व्यवसायिक उद्देश्यले विकासको नाममा केवलकार सञ्चालन तयारी गरिएपछि विवादले उत्कर्ष रुप लिएको छ ।

करिव सात वर्षदेखि आदिवासी जनजाति समुदाय र याक्थुङ लिम्बूहरूले पाथीभरालाई मुक्कुमलुङ नामाकरण माग गर्दै संरक्षणका लागि निरन्तर आन्दोलन चलाइरहेका छन् । केवलकार निर्माण योजना गर्न सरकारले मंसिरमा जनपथ प्रहरी कार्यालय र गएको पुस १५ गते मुक्कुमलुङको तल्लो फेदीमा सशस्त्र प्रहरीको कार्यालय स्थापना गरेपछि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदै आएको छ ।

यसअघि मुक्कुमलुङ क्षेत्र संरक्षण माग गर्दै आएका समूहमाथि गत कात्तिक २३ गते केवलकार वनाउनु पर्छ भन्ने पक्षधरले आक्रमण गर्दा चन्द्र मादेन र मुक्कुलुङ क्षेत्रमा भारी बोक्दै आएका अर्जुन लिम्बू घाइते भएका थिए ।

लामो उपचारपछि स्वास्थ्यमा सुधार आए पनि अर्जुन लिम्ब निको हुन नसकेको नसकेको अभियन्ता सरु सिङ्गकले बताइन् ।

उनका अनुसार शान्तिपूर्ण विरोधका क्रममा आक्रमण गर्नेविरुद्ध पटक पटक किटानी जाहेरी दिए पनि प्रहरीले नलिएपछि उच्च अदालत इलाममा रिट दायर गरिएको थियो । मंसिर १६ गते उच्च अदालतले कारण देखाऊ आदेश जारी गरे पनि सुनुवाइ नभएको संघर्ष समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १ : ११ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको