मधेस प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस « Khabarhub

मधेस प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न  मन्त्रीपरिषद् बैठकले यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्नका लागि निर्णय गरेको जनाएको छ ।

बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन पुस २३ गते मंगलबार अपराह्न एक बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले जानकारी दिए। 

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकका लागि नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभामा विपक्षी पार्टीले प्रदेशसभा बैठक बोलाउन माग गर्दे आएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १ : १४ बजे

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

महेन्द्रनगर– कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका