प्रचण्डले भने- शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा कारबाही होस्   « Khabarhub

प्रचण्डले भने- शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा कारबाही होस्  


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटस्थित  शेरा दरबारको छानबिनमा सहयोग गर्ने बताएका छन् ।

उनका पार्टीका पूर्व कार्यालय सचिव विकेश श्रेष्ठले सो दरबारको जग्गा व्यक्तिको नाममा नामसारी गरेको खुलासा भएपछि पछिल्लो समयमा सो विषय चर्चामा आएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेले गृहमन्त्री रमेश लेखकलाई शेरा दरबारको जग्गाबारे सोधेपछि प्रचण्डले पनि त्यसमा थप जवाफ दिएका हुन 

‘शेरा दरबारको जग्गाबारे कानून विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, यति काम गरेमा म सरकारलाई धन्यवाद  भन्छु’ उनले बैठकमा भने, ‘शेरा दरबारमा दोषीलाई कारवाहीको दायरामा ल्याइयोस् ।’ 

सो दरबारबारे‍ आफूले सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट पनि प्रस्टीकरण दिँदै सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारबाही गर्नुपर्छ भन्ने पक्षमा रहेको जनाए ।  

‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम फिर्ता ल्याउनुपर्छ, छानबिन गर्दै गएमा प्रचण्ड पनि देखिएको छ भने पनि मलाइ पनि छानबिनको दायरामा ल्याउनुहोस्,’ उनले भने । तर, सो प्रकरणमा आफ्नो नाम जोडिएकोमा भने उनले दुःख व्यक्त गरेका छन् ।

गौरीगञ्ज झापाको आमसभामा पनि अध्यक्ष प्रचण्डले विकेश श्रेष्ठले पार्टी छाडेर गएको १०–१२ वर्ष भइसकेको जनाउँदै आफ्नो नाम नमुछ्न आग्रह गरेका थिए । 

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १ : २५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल