प्रचण्डले भने- शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा कारबाही होस्   | Khabarhub Khabarhub

प्रचण्डले भने- शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा कारबाही होस्  


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटस्थित  शेरा दरबारको छानबिनमा सहयोग गर्ने बताएका छन् ।

उनका पार्टीका पूर्व कार्यालय सचिव विकेश श्रेष्ठले सो दरबारको जग्गा व्यक्तिको नाममा नामसारी गरेको खुलासा भएपछि पछिल्लो समयमा सो विषय चर्चामा आएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेले गृहमन्त्री रमेश लेखकलाई शेरा दरबारको जग्गाबारे सोधेपछि प्रचण्डले पनि त्यसमा थप जवाफ दिएका हुन 

‘शेरा दरबारको जग्गाबारे कानून विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, यति काम गरेमा म सरकारलाई धन्यवाद  भन्छु’ उनले बैठकमा भने, ‘शेरा दरबारमा दोषीलाई कारवाहीको दायरामा ल्याइयोस् ।’ 

सो दरबारबारे‍ आफूले सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट पनि प्रस्टीकरण दिँदै सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारबाही गर्नुपर्छ भन्ने पक्षमा रहेको जनाए ।  

‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम फिर्ता ल्याउनुपर्छ, छानबिन गर्दै गएमा प्रचण्ड पनि देखिएको छ भने पनि मलाइ पनि छानबिनको दायरामा ल्याउनुहोस्,’ उनले भने । तर, सो प्रकरणमा आफ्नो नाम जोडिएकोमा भने उनले दुःख व्यक्त गरेका छन् ।

गौरीगञ्ज झापाको आमसभामा पनि अध्यक्ष प्रचण्डले विकेश श्रेष्ठले पार्टी छाडेर गएको १०–१२ वर्ष भइसकेको जनाउँदै आफ्नो नाम नमुछ्न आग्रह गरेका थिए । 

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १ : २५ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा